५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हात्तीको आक्रमणबाट कार्यालय सहयोगीको मृत्यु



file
अ+ अ-

अर्जुनधारा । जङ्गली हात्तीको आक्रमणमा परी झापामा आज वडा कार्यालय सहयोगीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका–२ का कार्यालय सहयोगी ५५ वर्षीय पाथल राजवंशीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार बिहानै घुम्न निस्किएपछि राजवंशी सम्पर्कविहीन हुनुभएको थियो । घर नफर्किएपछि परिवारका सदस्यहरुले उहाँको खोजी गर्दा घर नजिकैको नालामा मृत फेला पर्नुभएको थियो ।

जिल्ला वन डिभिजन कार्यालय र प्रहरीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । राजवंशीको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल लगिएको छ । गत मङ्सिरमा पनि हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो । रासस