११ आश्विन २०८१, शुक्रबार
,
Latest
छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद पन्तको प्रश्न: नेपाली सेनाले आफ्नो लागि चाहिने गोलीगट्ठा र बारुद पनि बनाउन सक्दैन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाले आफ्नो लागि चाहिने न्युनतम गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गर्नुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपाली सेनाले बिष्फोटक पदार्थ पनि छिमेकी देशको भर पर्नुपर्ने नेपाली सेनाको अवस्था हो भन्दै प्रश्न गर्नुभएको हो । उहाँले ढुंगा फोड्न पड्काउन, अरुको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तेड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मित्र राष्ट्र भारतबाट बिष्फोटक पदार्थको आयात आपूर्ति हुन नसकेको, मित्र राष्ट्र चीनबाट बिष्फोटक पदार्थको आयात हाल आपूर्ति सुचारु रहेको र यसले एउटा सेन्सेटिभ बनाएको छ । हाम्रो त यही सेना हो, यो सेनाले आफ्नो लागि चाहिने न्युनतम गोलीगट्ठा र बारुद पनि अहिलेसम्म आफूले उत्पादन गर्न सक्दैन ? अहिलेसम्म हाम्रो भौतिक योजना ढुंगा फोड्न पड्काउन, अरुको मुख हेरेर ताक्नुपर्ने हो ? त्यो अवस्था हो भने भोलि हामी साँच्चै शान्तिप्रिय देश छौँ जानु नपर्ला । कुनैबेला वारमा जानुपरे कति दिन थेग्छौँ हामीले हाम्रो गोली गट्ठाले । देश आत्मनिर्भर हुनुपर्दैन आफ्नो रक्षामा ? जाबो बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तेड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ?’

सांसद पन्तले कुनैबेला युद्धका लागि तयार हुनपर्ने भए कति दिनसम्म नेपाली सेनाले थेग्छ ? भन्दै प्रश्न गर्नुभयो ।