२४ मंसिर २०८२, बुधबार
,
Latest
काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा पहिचान पक्षधर ३ घटक समाहित स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला



अ+ अ-

धनुषा । यहाँको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक सोनुकुमार साहले मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको बताउनुभयो । रुबीको श्रीमान् राजनारायण यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर झगडा हुँदै आएको थियो ।

गत शनिबारदेखि हराइरहेकी रुबीको खोजी गर्न उनका भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिनुभएको थियो । रुबी बेपत्ता भएको उजुरी परेपछि सम्भावित स्थानमा खोजतलास गर्दा शनिबार राति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको प्रहरी निरिक्षक साहले बताउनुभयो ।

प्रहरीका अनुसार रुबी बेपत्ता भएको उजुरी पर्ने बित्तिकै रुबीका श्रीमान् राजनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । उनले श्रीमतिको हत्या गरेको स्वीकार गरेका छन् । प्रहरी निरिक्षक साहका अनुसार राजनारायणले गत शनिबार घुम्न जाने भनेर औरही सामुदायिक वनमा श्रीमतिलाई लिएर गएको र त्यहीँ हत्या गरेर जङ्गलमा लास फालेको बयान दिएका छन् ।

प्रहरीले शवपरीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्दै अभियुक्तलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरिक्षक साहले जानकारी दिनुभयो । रासस