• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

समयमै सक्ने विकास निर्माणका काममा अवरोध पुर्‍याउने निकाय सरकार नै हो: महामन्त्री थापा



काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर शुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरुङ निर्माणका लागि बिष्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताउनु भयो । उहाँले खोकनाको फास्ट ट्रयाक टुंग्याउन मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने बताउनु भयो । उहाँले अहिलेकै काम जस्ताको त्यस्तै गरेर २०८३ सम्म योजना सम्पन्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै कामहरु नेपाल सरकारले नै गर्छ । नेपाल सरकारले समयमा गर्छु भनेर शुरु गरेको विकास निर्माण अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय भनेको नेपाल सरकार नै हो । प्रधानमन्त्रीको सबै कामहरु रोक्ने मान्छे भनेको तपाई नै हो । प्याकेज ८,९ १० को खरिद व्यवस्थामा प्रक्रिया ढिलो हुँदा ५,६ महिना गयो, अझै ५ देखि ६ महिना लाग्छ । कसले नेपाल सरकारले गर्ने हो । बिष्फोटक पदार्थको कुरा राजनीतिक कुरा नटुंगिकन यो सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था छैन । खोकनाको फास्ट ट्रयाक टुंग्याउने काम भनेको सरकारले गर्ने हो । यसलाई मन्त्रीपरिषद्ले निर्णय नगरी टुंगिदैन । ८३ मा बनाउनुपर्छ भन्ने सरकार, ०८३ मा नबनाएर ०९० पुर्‍याउने पनि सरकार नै हो । अहिलेकै काम जस्ताको त्यस्तै गरेर यो ०८३ मा सकिँदैन । यो ०९०, ०९२ पुग्छ ।’

फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेस पोखरेलले दिएको अभिव्यक्ति सामान्य रुपमा लिन नहुने बताउनु भयो । उहाँले आज नै सभामुख देवराज घिमिरेलाई भेटेर यसबारेमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजमात्रै सार्वजनिक लेखा समिति सभापतिले सरकारी शुण्डमुण्ड भनिकन हाम्रो समितिको सभापतिलाई भ्रष्टाचार छोप्नका लागि सरकारले अह्राएर गरेर यो बैठक राख्नुभयो। निर्णय पनि त्यही अनुसार गर्नुभएको हो भनिकन सार्वजनिक रुपमा यो विषयलाई उठाउनुभएको छ । यो समितिको विषय हो की होइन । समितिमा छलफल गरेर भाग लिएको हो, समितिले छलफल गरेर निर्देशन दिएको हो । कहिले कहीँ हुन्छ । संसदको गरिमासँग जोडिने कुरा हो । यो विषय हल्का रुपमा नलिन र सभामुखसँग उठाउन र गम्भीर रुपमा उठाउन आग्रह गर्दछु । सबैको आफ्नो मान, मर्यादा हुन्छ ।’

उहाँले यस्ता अभिव्यक्तिले संसद र सांसदको मा मर्दन हुने जिकिर गर्नुभयो ।