४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईबाट काठमाडौं आएको विमानमा नवजात शिशु मृत फेला



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)बाट काठमाडौं आएको विमानमा नवजात शिशु मृत फेला परेको छ ।

त्रिभुवन विमानस्थलमा बुधबार बिहान ९ बजे अवतरण गरेको एयर अरेबियाको शौचालयमा नवजात शिशु मृत भेटिएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिएको उनले बताए ।

आमाको उपचार काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको विमानस्थल सुरक्षा स्रोतले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भईरहेको छ ।