२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीजेपीबाट लोकसभाको चुनाव लड्दै कंगना



अ+ अ-

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनावतको लागि यो वर्ष बलिउडमा खासै राम्रो प्रगति भएन । तर, वर्षको अन्त्यतिर भने उनको लागि खुसीको खबर आएको छ । कंगनाले लोकसभाको चुनावमा लड्ने पक्का पक्की भएको छ ।

न्युज१८ को रिपोर्ट अनुसार कंगनाका बुबा अमरदीपले कंगनाले अर्को वर्ष हुने लोकसभा चुनावमा भारतीय जनता पार्टी (बीजेपी) को टिकटमा लड्ने कुरा पुष्टि गरेका छन् । कंगना बीजेपीबाट चुनाव लड्ने तय भएपनि कहाँबाट चुनाव लड्ने भन्ने निर्णय पार्टीले गर्ने उनले बताए ।

आइतबार कंगनाले बीजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग कुल्लुको शास्त्री नगरस्थित उनको निवासमा भेट गरेकी थिइन्। त्यसयता कंगनाले भाजपाबाट चुनाव लड्ने अड्कलबाजी सुरु भएको थियो । तर, अब उनका बुवाले अर्को वर्ष चुनाव लड्ने स्पष्ट पारेका छन् ।

कंगनाले सर्वजनिक रुपमा नै प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरिरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा उनका पोस्टहरू हेरेर पनि मानिसहरुले उनी पक्का चुनाव लड्ने अनुमान गर्न लागेका थिए । खबरहरूका अनुसार अभिनेत्रीले मंडी वा चन्डीगढबाट लोकसभाको चुनावमा उत्रिने छन् ।

कंगना अन्तिम पटक एरियल एक्शनर तेजसमा देखिएकी थिइन्। फिल्मले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेन । अब उनी चलचित्र इमर्जेन्सीमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । चलचित्र सुरुमा नोभेम्बर २०२३ मा रिलिज हुने तालिका थियो, तर चलचित्र २०२४ मा धकेलिएको छ। इमर्जेन्सीमा श्रेयस तलपदे, अनुपम खेर, स्वर्गीय सतीश कौशिक र महिमा चौधरी पनि मुख्य भूमिकामा छन्।




भर्खरै