२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीजेपीबाट लोकसभाको चुनाव लड्दै कंगना



अ+ अ-

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनावतको लागि यो वर्ष बलिउडमा खासै राम्रो प्रगति भएन । तर, वर्षको अन्त्यतिर भने उनको लागि खुसीको खबर आएको छ । कंगनाले लोकसभाको चुनावमा लड्ने पक्का पक्की भएको छ ।

न्युज१८ को रिपोर्ट अनुसार कंगनाका बुबा अमरदीपले कंगनाले अर्को वर्ष हुने लोकसभा चुनावमा भारतीय जनता पार्टी (बीजेपी) को टिकटमा लड्ने कुरा पुष्टि गरेका छन् । कंगना बीजेपीबाट चुनाव लड्ने तय भएपनि कहाँबाट चुनाव लड्ने भन्ने निर्णय पार्टीले गर्ने उनले बताए ।

आइतबार कंगनाले बीजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग कुल्लुको शास्त्री नगरस्थित उनको निवासमा भेट गरेकी थिइन्। त्यसयता कंगनाले भाजपाबाट चुनाव लड्ने अड्कलबाजी सुरु भएको थियो । तर, अब उनका बुवाले अर्को वर्ष चुनाव लड्ने स्पष्ट पारेका छन् ।

कंगनाले सर्वजनिक रुपमा नै प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरिरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा उनका पोस्टहरू हेरेर पनि मानिसहरुले उनी पक्का चुनाव लड्ने अनुमान गर्न लागेका थिए । खबरहरूका अनुसार अभिनेत्रीले मंडी वा चन्डीगढबाट लोकसभाको चुनावमा उत्रिने छन् ।

कंगना अन्तिम पटक एरियल एक्शनर तेजसमा देखिएकी थिइन्। फिल्मले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेन । अब उनी चलचित्र इमर्जेन्सीमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । चलचित्र सुरुमा नोभेम्बर २०२३ मा रिलिज हुने तालिका थियो, तर चलचित्र २०२४ मा धकेलिएको छ। इमर्जेन्सीमा श्रेयस तलपदे, अनुपम खेर, स्वर्गीय सतीश कौशिक र महिमा चौधरी पनि मुख्य भूमिकामा छन्।