• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

अस्ट्रेलियामा सडक दुर्घटना ५ वर्ष यताकै उच्च



एजेन्सी । सन् २०२३ मा अस्ट्रेलियामा सडक मृत्यु पाँच वर्षकै उच्च भएको राष्ट्रको अटोमोटिभ निकायले जनाएको छ ।

अस्ट्रेलियन अटोमोबाइल एशोसिएशन (एएए) द्वारा जारी गरिएको तथ्याङ्कअनुसार २०२३ मा अस्ट्रेलियाको सडकमा १ हजार २५३ जनाको मृत्यु भएको छ । जुन २०२२ को तुलनामा ६ प्रतिशतले बढेको छ । मार्च २०१८ को अन्त्यसम्म १२ महिनामा १ हजार २७० मानिस मारिएपछि यो १२ महिनाको अवधिमा अष्ट्रेलियामा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु भएको जनाइएको हो ।

अष्ट्रेलियाका दुई ठूला राज्यहरू न्यु साउथ वेल्स र भिक्टोरियामा क्रमश: २३.७ र १४.५ प्रतिशतले वृद्धि भएको छ । जबकि अन्य प्रत्येक राज्य र क्षेत्रमा सडक मृत्युमा कमी आएको छ ।