• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo
Latest
★   तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ: अध्यक्ष ओली ★   मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न ★   राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक छ: गृहमन्त्री श्रेष्ठ ★   काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी ★   एसियन गेम्सः भारतीय महिला क्रिकेट टोलीलाई स्वर्ण ★   १९औँ एसियाली खेलकुद: जुडोमा मनीता, जंग र पुनमको हार ★   गुल्मीमा माटोको ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु ★   नेप्से परिसूचक ५.८९ अंकले गिरावट ★   एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल ★   डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री दाहाल

अख्तियारद्वारा भीमदत्त नगरपालिकाका कागजात नियन्त्रणमा



कञ्चनपुर।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।

“लिखित उजुरी परेपछि सोसँग सम्बन्धित कागजात मात्रै नियन्त्रणमा लिइएको हो”, उहाँले भन्नुभयो,“अब छानबिनको प्रक्रिया अघि बढ्यो ।” स्रोतका अनुसार अख्तियारले पुल निर्माणका विस्तृत परियोजना प्रतिवेदन, इञ्जिनियरिङ परामर्शदाता छनोट, सोसम्बन्धी भुक्तानी लगायतका कागजात नियन्त्रणमा लिएको हो ।

त्यसैगरी आयोगले केही दिनअघि मात्रै भीमदत्त नगरपालिकाबाट महाकाली नदीमा रोयल्टी सङ्कलनको ठेक्का पाएको यहाँस्थित भवानी कन्स्ट्रक्सन कम्पनीको कागजात नियन्त्रणमा समेत लिएर छानबिन गरिरहेको छ । नदीजन्य पदार्थमा रोयल्टी सङ्कलनको जिम्मा पाएको उक्त कम्पनीले प्रतिघन मिटर नदीजन्य पदार्थको रु ७५ उठाउनुपर्ने भए पनि रु १०५ सम्म सेवाग्राहीबाट लिएको अख्तियारीको भनाइ छ ।