• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

गायक किरण भुजेल र अस्मिता अधिकारीको युगल आवाजमा ‘मलाई मनपर्ने गीत’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । पछिल्लो समय नेपाली साङ्गितिक क्षेत्रमा निकै चर्चामा रहेका गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको युगल आवाजमा सजिएको गीत 'मलाई मनपर्ने गीत' म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्दरचना र सङ्गीतमा रहेकोको भिडिओ रिलिज भएको यो गित प्रेम समर्पण भावमा रहेको बताईएको छ । गीतको भिडिओ पशुपति म्युजिक प्रा.लि. को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

त्रिवेणी डिजिटलमा रेकर्ड भएको यस गितमा कमल सौरागको सङ्गीत संयोजन रहेको छ भने राजकुमार बगरले मिक्सिङ गरेका छन् । म्यजिक भिडियोमा उषा उप्रेतीले र किरण भुजेल आफैले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।