५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोकिएका सबै जिल्ला अधिवेशनहरु स्थगित नेकपा एसको निर्णय



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठक अझै जारी रहेको र पुस ७ गते पुन: बस्ने पार्टीका सचिव जीवनराम श्रेष्ठले बताउनु भयो । उहाँले कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले माघ १४ र १५ गते बस्ने नेकपा एकीकृत समाजवादीको केन्द्रिय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित निर्णय गरेको बताउनु भयो । उहाँले महाधिवेनमा कसरी नेतृत्व चयन गर्ने भन्ने बारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले केन्द्रिय कमिटीको संख्या कस्तो बनाउने ? महाधिवेशन निर्वाचनको विधि कसरी गर्ने ? भन्ने बारेमा छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दोस्रो दिनको बैठक जारी छ । विधान संशोधन प्रश्तावमाथि नै छलफल चलिरहेको छ । आज पनि सकिएको छैन । बैठक ७ गते ११ बजे केन्द्रिय कार्यालयमा नै बस्नेछ । कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेका छन्, कतिले अधिवेशन तोकिसकेको अवस्था छ । महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले आजको सचिवालय बैठकबाट यो नेकपा एकीकृत समाजवादीको केन्द्रिय परिषद्को बैठक जुन माघको १४ र १५ गते राखेको छ, त्यसपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ । छलफलको केन्द्रबिन्दु केन्द्रिय कमिटीको संख्या कस्तो बनाउने ? निर्वाचनको विधि कसरी गर्ने ? प्रत्यक्ष निर्वाचन गर्ने की, हलबाट महाधिवेशन हलबाट, प्रतिनिधिबाट । महाधिवेशनबाट केन्द्रिय परिषद् छानेर केन्द्रिय परिषद्ले केन्द्रिय कमिटीको निर्वाचन गर्ने, केन्द्रिय कमिटीले पदाधिकारीको निर्वाचन गर्ने हो की ? भन्ने छलफल भइरहेको छ । संगठनको संरचनालाई कसरी लैजाने भन्नेबारेमा पनि छलफल भइरहेको छ । विधानमा ७० वर्षको उमेरको सीमा तोकेका थियौँ । यो विषयमा पनि कसरी अघि बढ्न र सबैखालका उमेरसमूहलाई समेटेर सबैलाई मिलाएर लैजाने छलफल भइरहेको छ ।’

सचिव श्रेष्ठले संगठनको संरचनालाई कसरी लैजाने भन्नेबारेमा पनि छलफल भइरहेको बताउनु भयो । विधानमा ७० वर्षको उमेरको सीमा तोकेको भएपनि सबैखालका उमेरसमूहलाई समेटेर लैजानेबारे पनि छलफल भइरहेको बताउनु भयो ।