११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

कमल थापाको जिकिर: नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ

कमल थापाको जिकिर: नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुने बताउनुभएको छ ।

गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै उहाँले राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त हुने दाबी गर्नुभएको हो । मंगलवार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ठूला दलहरुले राजाको नाममा निरंकुश व्यवस्था ल्याउन आफ्नो पार्टीले खोजेको भनेर भ्रम सृजना गरेको उल्लेख गर्दै आफूहरु राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागि लागि परेको बताउनु भयो । उहाँले नेपालमा छिट्टै राज संस्था र हिन्दु राष्ट्र कायम हुने समेत दोहोर्‍याउनु भयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘हामी देशमा आन्दोलनको आँधिबेहरी सृजना गर्ने र चाँडोभन्दा चाँडो यो भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने हिन्दु राष्ट्र र राज संस्थालाई स्थापना गर्नसक्छौं भन्ने मलाई लाग्छ । यही कारणले गर्दाखेरी भ्रष्ट व्यवस्थाका सम्वाहकहरु अहिले आत्तिएका छन । अत्तालिएका छन् । आतंकित भएका छन् । र अनेक किसिमका भ्रमहरु सृजना गरिरहेका छन । म हरेक दिन आफूलाई प्रमुख भन्ने राजनीतिक दलका नेताहरुको अभिव्यक्ति सुनिराखेको छु । उनीहरुमा त्यो चिन्ता र त्रसित मानसिकता देखिन्छ । उनीहरु भ्रम सृजना गरिराखेका छन कि लोकतन्त्र समाप्त पारेर निरंकुशतन्त्र हावी गराउन खोजिएको छ ।’

‘गणतन्त्रलाई समाप्त पारेर राजाको निरंकुशतालाई स्थापना गर्न खोजिएको छ । हिन्दु राष्ट्र स्थापना गरेर अरु धर्महरुलाई थिचोमिचो गर्ने, दवाउने काम गर्न खोजि आम नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई प्रष्ट पार्न चाहन्छु । भ्रम सृजना गर्न खोजिएको छ । म आज यही कार्यक्रमको माध्यामबाट –प्रजातन्त्र भन्नुस् वा लोकतन्त्रको विकल्प छैन । यो वास्तविकतालाई हामीले बुझेका छौं । त्यसैले हामीले स्थापना गर्न खोजेको प्रजातन्त्रलाई समाप्त पारेर निरंकुशतन्त्रलाई होइन, हामीले स्थापना गर्न खोजेको राजासहितको प्रजातन्त्र । जो नेपालमा सही र सफल प्रजातन्त्र हुन्छ । अहिलेको जस्तो छाडातन्त्र होइन । उहाँहरुले जसलाई लोकतन्त्र, गणतन्त्र भनिराख्नुभएको छ । यो छाडातन्त्र हो, मनपरीतन्त्र हो । यो सिन्डीकेट र भ्रष्टतन्त्र हो ।’

अध्यक्ष थापाले वर्तमान शासन व्यवस्थाले मुलुकलाई आर्थिक रुपमा पनि संकटको डिलमा पुर्‍याएको बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व सांसद गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालमा प्रवेश गर्नुभएको थियो ।