२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान

इलामसँग पराजित भएसँगै ललितपुरको अपराजित यात्रा समाप्त

इलामसँग पराजित भएसँगै ललितपुरको अपराजित यात्रा समाप्त
अ अ+ अ-

काठमाडौँ । ललितपुुर सिटी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्पोर्टिङ इलाम एफसी डी मेचीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको यात्रा टुङ्ग्याएको छ ।

स्पोर्टिङ इलामले मंगलवार दशरथ रंगशालामा आफ्नो अन्तिम तथा आठौं खेलमा ललितपुर सिटी एफसीमाथि १–० को जित निकाल्दै यस सिजनको यात्रा टुङ्ग्याएको हो । यससँगै लतिलपुर आफ्नो अपराजित यात्रा सातौं खेलमा पूर्णविराम लगाउन बाध्य भयो । यो हारपछि ललितपुरको प्लेअफ यात्राका लागि अन्तिम खेलमा जित या अन्य टोलीको नतिजा पनि भर पर्नुपर्नेछ । ललितपुरको सात खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ । अब ललितपुरले अन्तिम खेलमा काठमाडौं रेजर्ससँग खेल्नेछ । प्लेअफमा स्थान बनाउन ललितपुरले त्यो खेल जित्नैपर्नेछ ।

बराबरी या हारको नतिजाले भने ललितपुरले प्लेअफमा स्थान बनाउन अन्य टोलीका नतिजा पर्खनु पर्नेछ । यता, यसै सिजनबाट एनएसएलमा डेब्यु गरेको स्पोर्टिङ इलाम आठ खेलबाट आठ अंकसहित पाँचौं स्थानमा उक्लिएर यो संस्करणको अन्त्य गर्‍यो । इलामको सुखद् अन्त्य गर्न गराउन फोडे क्यामराले गोल गरे । त्यसअघि खेलको २१ औं मिनेटमा नवीन लामाले बक्स बाहिरबाट गरेको प्रहार बार नजिकैबाट बाहिरिँदा इलामले अग्रता लिने अवसर गुमायो । दुई मिनेटपछि ललितपुरका दिनेश हेन्जनको सट उत्कृष्ट बचाउ गर्दै गोलकिपर विकेश कुथूले इलामलाई जोगाए ।

इमो इजिकेलको पासलाई दिनेशले बक्सभित्रबाट पोस्टको दिशा दिने प्रयास सफल भएन । ३५औं मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङको सट उत्कृष्ट बचाउ गर्दै विकेशले इलामको संकट टारे । ४२ औं मिनेटमा क्यामराको फ्रिकिक ललितपुरका गोलकिपर जेफ्रीले बचाए । त्यससँगै पहिलो गोलरहित बराबरीमा टुङ्गियो । ललितपुरका लागि ५६ औं मिनेटमा इजिकेलको सटलाई विकेशले बचाए । तीन मिनेटपछि क्यामराको गोलमार्फत इलामले अग्रता लियो । ललितपुरका डिफेण्डर ओमोलाजा नुरेन करिमबाट खोसेको बललाई उनले एकल प्रयासमा गोलकिपर जेफ्रीलाई बिट गर्दै जाली चुमाए ।

त्यससँगै पछि परेको ललितपुरले एकपछि अर्को आक्रमण बुन्यो । दिनेशको ७४औं मिनेटमा क्रस बललाई इजिकेलको हेडर विकेशले सहजै नियन्त्रणमा लिए । ८०औं मिनेटमा क्यामराले गोल गर्न चुक्दा इलामले अग्रता दोब्बर बनाउन सकेन । उनले विकेशको लामो दूरीको क्रसलाई नियन्त्रणमा लिँदै बल अगाडि बढाए पनि गोलकिपर जेफ्रीलाई बिट गर्न सकेनन् । ललितपुरका सनिष श्रेष्ठ ८२औं मिनेटमा गोल गर्न चुके । सेसेहाङ आङदेम्बेको कर्नरमा विकेशले बल पुत्काए पनि सनिसको सट अकासियो ।

ललितपुरले ९०औं मिनेटमा सनिषको क्रसमा पापा इबु केबेको हेडर विकेशले सफल हुन दिएनन् । त्यसपछि बाँकी समय प्रयास भएपनि इलामले ललितपुरको अपराजित यात्रामा पूर्णविराम लगायो ।