• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौँ महानगर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

कामपा सूचना प्रविधि समिति संयोजनसमेत रहनुभएका मानन्धरका अनुसार सम्मेलनमा आविष्कार, नवीनतम् सोच र प्रविधिलाई सम्मेलनमार्फत कसरी जोड्न सकिन्छ, युवा, साझेदार र अन्तर्राष्ट्रिय समुदायलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने विषय मुख्यरुपमा रहनेछन् ।

“जिम्मेवार, पारदर्शी, उत्तरदायी, सरकार बन्न कामपाले प्राप्त गरेका उपलब्धिलाई संस्थागत र सिकाइलाई प्रवद्र्धन गर्न, नयाँ आविष्कारलाई ग्रहण गर्न कामपाले नीति, योजना र कार्यक्रम बनाउनु पर्नेछ”, प्रवक्ता मानन्धरले भन्नुभयो, “सम्मेलनले दिएको निचोड र सिफारिसहरु, काठमाडौँका जनता र नागरिकलाई प्रविधिमा आधारित गुणस्तरीय सेवा दिन, सेवाग्राहीलाई डिजिटल आचरण विकास गर्न आवश्यक पर्ने नीति निर्माणको आधार हुनेछ ।” नागरिकले अपेक्षा गरेको सेवाका लागि सरकारको प्रतिबद्धता देखाउन सम्मेलनले भूमिका खेल्ने महानगरको विश्वास छ ।

नीतिमा, शासनमा, सेवामा, समुदायमा डिजिटल समावेशीकरण प्रवद्र्धन गर्दै यसको पहुँच सामाजिक क्षेत्र, निजी व्यवसाय, उद्योग, उद्यमशीलता र वाणिज्य क्षेत्रमा समेत पुग्ने र साझेदारी विकास हुनेछ । सम्मेलनबाट यसका रणनीति तथा कार्यक्रम निर्माण हुनेछन् । यी विषयलाई सम्मेलन आयोजनाको उद्देश्यका रुपमा राखिएको छ ।

शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न सरकारले प्रयोग गरेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालयबीचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तार सम्मेलनका प्रस्तुतीकरण तथा छलफलका विषय रहने बताइएको छ । प्रविधिले प्रदान गरेका परिवर्तित अवसरमा वर्तमान सम्भावनाजस्ता विषयमा विशेषज्ञ र साझेदारहरूबीच समूहगत छलफल तथा अन्तरक्रियात्मक कार्यशाला सम्मेलनका कार्यक्रममा समेटिने बताइएको छ । प्रविधिहरूको व्यावहारिक प्रयोग, पेसाकर्मी, उद्यमी, युवा तथा सरकारी संयन्त्रका बीच क्षेत्रगत सञ्जाल निर्माण (नेटवर्किङ) को अवसर सिर्जना गरिनेछ ।

सम्मेलनबाट कामपाले सरकार र प्रविधि प्रदायकहरू बीचको साझेदारी नजिक हुनाका साथै एकीकृत र कार्यान्वयनयोग्य दस्तावेज प्राप्त हुने विश्वास लिएको जनाएको छ । रसस