• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ) ★   सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम

बिहीबार नेप्से परिसूचक १४.५८ अंकले ओरालो



काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचकमा साताको अन्तिम कारोबारका दिन बिहीवार सामान्य अंकले ओरालो आएको छ । 

बुधवार सार्वजनिक बिदा परेकाले बन्द रहेको नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवारको तुलनामा बिहीवार भने नेप्से कारोबार रकममा वृद्धि भएको छ  । मंगलवार साढे ६ अर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार भएका थियो ।

कारोबारमा आएका १३ उपसमूह मध्ये ११ उपसमूहका सूचकमा गिरावट आएको छ भने बाँकी २ वटा उपसमूह परिसूचक बढेको छ । जसमा हाइड्रोपावर र निर्जीवन बीमा उपसमूहको सूचक रहेका छन् ।

बिहीवार नेप्से परिसूचक गिरावट आएपनि विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । अन्य बुद्धभूमि हाइड्रोपावर, शाहस उर्जा , अरुण भ्याली हाइड्रोपावर र मैलुङ खोला जलविद्युत शेयर मूल्य बढेको छ । तर यता आरएमडिसि लघुवित्तको शेयरमूल्य भने सबैभन्दा धेरै ३.४९ प्रतिशतले घटेको छ । त्यस्तै पोखरा फाइनान्स , गोर्खाज फाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।

आज कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८२ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अपि पावरको ५२ करोड ५० लाख र शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।