१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलब ९८ विन्दुले उकालो लागेर दुई हजार एक सय छमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब शुन्य पाँच अङ्कले उकालो लागेर तीन सय ९७ दशमलब ६९ मा पुगेको छ ।
कूल एक करोड ६४ लाख ५७ हजार एक सय ३८ कित्ता शेयर रु पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७५ मा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३७ करोड ४३ लाख ४८ हजार दुई सय दुई बराबरको शेयर कारोबार भयो । यस्तै सोल्टी होटलको रु २८ करोड ७३ लाख २४ हजार तीन सय ३१, सोनापुर मिनरल्सको रु १६ करोड ७१ लाख ४२ हजार सात सय ५५, हाथवे इन्भेस्टमेन्टको रु १४ करोड २९ लाख ३० हजार पाँच सय ८८ र घोराही सिमेन्टको रु १३ करोड ३० लाख ८६ हजार तीन सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आज विभिन्न दस कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो सात दशमलब २६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना चार दशमलब ९०, प्रभु बैंकको ऋणपत्र तीन दशमलब ८३, सानिमा बैंकको ऋणपत्र तीन दशमलब ७८ र पिपल्स पावरको लगानीकर्ताले तीन दशमलब १९ प्रतिशतले गुमाएका छन् ।