२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण रिलिज अगावै विवादमा फस्यो आलियाको ‘गंगुवाई काठियावाडी’



अ+ अ-

एजेन्सी । अभिनेत्री आलिया भट्ट प्रमुख भूमिकामा रहेको तथा सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुवाई काठियावाडी’ विवादमा घेरिएको छ । 

फिल्मको टिजर सार्वजनिक भएसँगै यस फिल्मले विभिन्न विरोधको सामना गर्नुपरेको छ । यसका साथै फिल्मले कानुनी विवादको पनि सामना गर्नुपर्ने भएको छ । 

मानहानीको मामलामा मुम्बईको अदालतले निर्देशक भन्साली, फिल्मकी अभिनेत्री आलिया र लेखकलाई उपस्थित हुन आदेश दिएको छ । यस फिल्मलाई लिएर आफूलाई गंगुवाईका धर्मपुत्र दाबी गर्ने बाबु रावजी शाहले मझगाउँ अदालतमा मानहानीको मुद्दा दर्ता गरेका हुन् । 

जसअनुसार अदालतले भन्साली, आलिया भट्ट र फिल्मका लेखकलाई मे २१ मा अदालतमा उपस्थित हुन आदेश दिएको हो । यसभन्दा पहिले शाहले मुम्बईको सिभिल अदालतमा फिल्मको ट्रेलरलाई रोक लगाउन माग गर्दै मुद्दा दर्ता गरेका थिए । 

तर यसलाई अदालतले अस्वीकार गरेको थियो । यो फिल्म ३० जुलाईमा प्रदर्शनमा आउँदैंछ । फिल्ममा आलिया भट्ट गंगुवाईको भूमिकामा देखा पर्दैछिन् । गंगुवाई १९६० को दशकमा मुम्बईको ‘रेड लाइट एरिया’को कमाठीपुराकी सबैभन्दा शक्तिशाली एवं सम्मानित ‘म्याडम’ थिइन् ।