३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार नेप्से परिसूचक १४.५८ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचकमा साताको अन्तिम कारोबारका दिन बिहीवार सामान्य अंकले ओरालो आएको छ । 

बुधवार सार्वजनिक बिदा परेकाले बन्द रहेको नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवारको तुलनामा बिहीवार भने नेप्से कारोबार रकममा वृद्धि भएको छ  । मंगलवार साढे ६ अर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार भएका थियो ।

कारोबारमा आएका १३ उपसमूह मध्ये ११ उपसमूहका सूचकमा गिरावट आएको छ भने बाँकी २ वटा उपसमूह परिसूचक बढेको छ । जसमा हाइड्रोपावर र निर्जीवन बीमा उपसमूहको सूचक रहेका छन् ।

बिहीवार नेप्से परिसूचक गिरावट आएपनि विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । अन्य बुद्धभूमि हाइड्रोपावर, शाहस उर्जा , अरुण भ्याली हाइड्रोपावर र मैलुङ खोला जलविद्युत शेयर मूल्य बढेको छ । तर यता आरएमडिसि लघुवित्तको शेयरमूल्य भने सबैभन्दा धेरै ३.४९ प्रतिशतले घटेको छ । त्यस्तै पोखरा फाइनान्स , गोर्खाज फाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।

आज कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८२ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अपि पावरको ५२ करोड ५० लाख र शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।