२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.35

Wind: 2.06

Humidity: 88

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने



(तस्बिरः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल/रासस)
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गर्नुभयो । उहाँले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म र भावनाअनुरुप विमानस्थल पूर्णरुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । मुख्यसचिव डा वैकुण्ठ अर्यालले विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विमानस्थलको विद्यमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । सहभागी वायुसेवा सञ्चालक तथा पर्यटन व्यवसायीले विमानस्थलमा जहाजको उडान सङ्ख्या बढाउन र पर्यटकलाई राहत प्याकेजको व्यवस्था गर्न आग्रह गरेका थिए ।

विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सङ्घ र प्रदेश सरकारबीच समन्वय तथा सहजीकरण गर्ने विषयमा मन्त्रालयले प्रतिबद्धता जनाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

छलफलमा पर्यटनमन्त्री किराती, पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मुख्यसचिव डा अर्याल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, साथै नेपाल वायुसेवा निगम, निजी वायुसेवा सञ्चालक कम्पनी, लुम्बिनी प्रदेशका होटल व्यवसायी, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थिति थियो । रासस
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एकै दिन सर्वाधिक भौतिक उपस्थितिमा विद्यार्थीहरूलाई दीक्षित गरेको विश्वकिर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दिक्षान्त समारोहमा २६ हजारभन्दा बढी सहभागी भए ।

धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो । सोही अवलोकन गर्न सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधि टोली काठमाडौँ आएका थिए । ओडब्लुआरलाई गिनिज बुककै भगिनी संस्था मानिन्छ ।

यसैबिच, ओडब्लुआरका प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वकीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । ओडब्लुआरका दिल्लीस्थित प्रतिनिधि र काठमाडौंस्थित प्रतिनिधिले त्रिविको रेकर्ड, दीक्षान्तका लागि विद्यार्थीहरूले दिएको आवेदन तथा भौतिक उपस्थिति हेरेर विश्वकीर्तिमान प्रमाणित गरेको हो । गिनिज बुकले सबै प्रमाणहरूको अध्ययन गरेपश्चात अर्को प्रमाणपत्र दिने त्रिवि उपकुलपति डा शिवलाल भुसालले बताए ।

प्रमाणपत्र प्राप्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आजको दिक्षान्त समारोह नेपालको ऐतिहासिक मात्रै नभएर विश्व इतिहासमा नै दिक्षान्त समारोहको एउटा रेकर्ड बनेको बताउनुभएको छ । उहाँले भननुभयो,आजको यो दिक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दिक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गयो। आज म यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु। यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान पनि गर्दछु। राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपील गर्दछु।

त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जना आज दीक्षित भएका छन् ।
ओडब्लुआरले दिएको प्रमाणपत्रमा २६ हजारभन्दा बढी विद्यार्थी अभिभावक तथा अतिथिहरु दीक्षान्त समारोहमा उपस्थित भएको उल्लेख छ । उनीहरुमध्ये विद्यार्थी मात्रै १२ हजारभन्दा बढी थिए । त्रिविको रेकर्डमा आजको उपस्थिति अहिलेसम्मकै धेरै भएको छ ।