• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव ६३ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कूल दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता शेयर रू छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ५६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार, कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रू २६ करोड २६ लाख ७४ हजार चार सय ७२ बराबरको कारोबार भएको छ ।

सोनापुर मिनरल्स रू २० करोड २८ लाख ४६ हजार दुई सय १४, सोल्टी होटल रू १८ करोड ४३ हजार ४७ हजार, शिवम् सिमेन्ट रू १६ करोड ८३ लाख ९६ हजार पाँच सय ९७ र घोराही सिमेन्ट रू १४ करोड ३३ लाख २० हजार छ सय ६२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, हिमालयन पावर पाटनर्स सात दशमलव ८६, डोल्टी पावर कम्पनी छ दशमलव ५७, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ३९, मोदी इनर्जी चार दशमलव ६२ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ३३ प्रतिशतले गुमाएका छन् । रासस