१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

काठमाडौं–तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउन सरोकारवाला मन्त्रालयहरुसँग छलफल (भिडियो सहित)

काठमाडौं–तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउन सरोकारवाला मन्त्रालयहरुसँग छलफल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ । काठमाडौं–तराई/मधेश द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्नका लागि थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकाल्दै सो रकमको व्यवस्थापनका लागि सरकारका सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको हो ।

समितिको बिहीवार बसेको बैठकपछि कुरा गर्दै समिति सभापति रामनारायण विडारीले द्रुतमार्ग सम्पन्न गर्नकालागि हालसम्म खर्च भइसकेको बाहेक थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको र त्यति रकमको स्रोत सुनिश्चित नहुञ्जेल काम अगाडी बढेमा काममा अवरोध हुने भएकाले रकम सुनिश्चितताका लागि सरकारका सम्बन्धित सरोकारवाला मन्त्रालयहरुसँग छलफल गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यसलाई २०८१ सालसम्ममा सम्पन्न गर्ने नेपाल सरकारको नीति र उद्देश्य छ । तर अहिलेको काम गराईको ढाँचालाई हेर्दा र हाम्रो समितिले स्थलगत निरिक्षण गर्दा त्यो २०८१ मा सक्ने कुरामा शंकाहरु उत्पन्न भएको हुनाले सम्बन्धित मन्त्रालयहरु, खासगरी वन मन्त्रालय, भौतिक तथा पूर्वाधार निर्माण मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय लगायतका मन्त्रालयसहित मन्त्रिपरिषद् सचिवालयका सचिवहरुसँग छलफल गरियो । यसबाट के देखियो भने, यो आयोजना सम्पन्न गर्न अहिले जति खर्च भइसक्यो त्यो खर्च बाहेक अब १ खर्ब ७५ अर्ब खर्च फेरी चाहिने कुरा रहेछ । त्यो रकमको स्रोत सुनिश्चित नहुञ्जेलसम्म ठेक्कापट्टा लगाउने काम र कार्य अगाडी बढाउने काममा अवरोध हुन्छ । त्यसकारणले त्यो रकम सुनिश्चित गराउनको निम्ति नेपाल सरकार अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालयको कस्तो प्रकारको सोँच छ रु कसरी काम अगाडी बढाइन्छ त रु र विभिन्न मन्त्रालयहरुको समन्वय नभएको हुनाले काममा ढिलाइ भएको छ ।

कहिले रुख काट्नको लागि ढिलाई, कहिले एलाइनमेन्ट परिवर्तन भएकोलाई स्वीकृत दिनकोलागि ढिलाई, कहिले निजी क्रसर उद्योगहरु ठाउँ ठाउँमा खोलेर त्यसले डिस्टर्ब गरेर त्यसको कारणले हुन गएको ढिलाईलाई कसरी समाधान गर्ने त रु भनेर अब छिट्टै फेरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, रक्षा सचिव र अर्थ सचिवलाई बोलाएर फेरी कार्य अगाडी बढाउने, यसलाई छिटोभन्दा छिटो कार्य सम्पन्न गराउन के–के गर्न सकिन्छ भनेर, उहाँहरुसँग छलफल गरेर समितिले निर्देशन दिने कुरा आजको बैठकले निर्णय गर्यो ।’

उहाँले विभिन्न मन्त्रालयहरुबिच समन्वय नभएका कारण काम गर्न ढिलाई भइरहेको भन्दै मन्त्रालयहरुबिचमा समन्वय बढाइ काम सम्पन्न गराउने विषयमा पनि सम्बन्धित मन्त्रालयहरुसँग छलफल गरि समितिले आगामी दिनमा निर्देशन दिने बताउनुभयो ।