• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ

बालेनसंग किन इरिटेट भए प्रधानमन्त्री (भिडियोसहित)



काठमाडौं । ललितपुर महानगरपालिकाको वार्षिक उत्सवको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह एउटै मञ्चमा रहनु भएको थियो ।

वार्षिक उत्सव कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा बालेनले सरकारबाट सहयोग नपाएका गुनासो गर्नुभयो । उहाँले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो ‘कुनै कुनै अतिक्रमणहरु हामी आफैंले पनि रोक्न सक्छौं । खोला अतिक्रमण चाहिँ, सम्माननीय ज्यू यहीँ हुनुहुन्छ, उहाँले चहानुभयो भने यहाँदेखि अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो त्यो । सम्माननीय ज्यूले चाहनुभयो, गृहमन्त्री ज्यूले चाहानुभयो भने पाँच मिनेटदेखि एक घण्टाभित्र सल्टिने समस्या पनि छन् ।’ आफ्ना कुरा राखेर  बालेन कार्यक्रमबाट निस्कनु भयो । तर प्रधानमन्त्री प्रचण्डले आफू बोल्ने क्रममा आफ्ना कुरा राख्ने तर जवाफ नसुनी हिँड्ने गरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो ‘बालेन जी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ । आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्नी अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्न हुन्न । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

उहाँले भन्नुभयो ‘उहाँलाई म भन्न चाहन्छु, बागमतीको हस्तक्षेप वा तीनकुने वा फोहोरको विषयमा अहिले प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेको छ ?’