• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट ★   बोल्ड साम्राज्ञी – फोटोफिचर ★   अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता ★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ ★   नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने ★   प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै ★   सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले ★   नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

समृद्धिका लागि सङ्कल्प यात्रा एकसाथ अनेक सकारात्मक सन्देश प्रबाह गर्न सफल: बिष्णु पौडेल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले झुलाघाट – चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा एकसाथ अनेक सकारात्मक सन्देश प्रबाह गर्न सफल भएको बताउनु भएको छ ।

मंसीर १४ देखि शुरू गरिएको समृद्धिका लागि झुलाघाट- चिवाभन्ज्यांग “संकल्प यात्रा ” प्रतिगमन र जातीय तथा क्षेत्रीय संकीर्णता जस्ता नकारात्मक प्रवृत्तिलाई किनारा लगाउन, -ठबन्धन सरकारका जनता र राष्ट्रहित विरोधी कृयाकलापले सृजना गरेको निरासा चिर्न सफल भएको बताउनु भयो ।

उहाँँले यस यात्रालाई नेपालको राजनीतिक इतिहासमा अविस्मरणीय र प्रेरणादायी घटनाका रुपमा उल्लेख गरिने समेत उल्लेख गर्नुभयो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

यस यात्राले एकसाथ अनेक सकारात्मक सन्देश दिएको छ । यो यात्रा प्रतिगमन र जातीय तथा क्षेत्रीय संकीर्णता जस्ता नकारात्मक प्रवृत्तिलाई किनारा लगाउन, गठबन्धन सरकारका जनता र राष्ट्रहित विरोधी कृयाकलापले सृजना गरेको निरासा चिर्न, नेकपा (एमाले) र जनता बीचको सम्बन्धलाई अझबढी जीवन्त र प्रगाढ बनाउन, आगामी निर्वाचनबाट नेकपा (एमाले)को एकल बहुमतको सरकार बन्छ र राष्ट्रको समृद्धि एवम् जनताको सुखी जीवन सम्भव हुन्छ भन्ने सकारात्मक सन्देश सम्प्रेषण गर्न सफल भएको छ ।

यस यात्राले मध्यपहाडी पुष्पलाल राजमार्गलाई आवश्यक ठाउँमा रेखाङ्कन सुधार (alignment correction), भायडक्ट (viaduct) र सुरूङ प्रविधिको प्रयोगका साथै डेडिकेटेड डबललेन (dedicated double lane)मा स्तरोन्नती / निर्माण सम्पन्न गरेर देशकै मेरूदण्ड राजमार्गमा विकसित गर्न सकिन्छ र भौतिक एवम् मानवीय विकासका दृष्टिले मध्यपहाडी भूभागलाई विकसित तुल्याउन सकिन्छ भन्ने आत्मविश्वास बढाएको छ ।

यस यात्रालाई नेपालको राजनीतिक इतिहासमा अविस्मरणीय र प्रेरणादायी घटनाका रुपमा उल्लेख गरिने छ ।

सिङ्गो राष्ट्रको र एकहद सम्म अन्तर्राष्ट्रीय जगतको समेत ध्यानाकर्षण गर्न सफल यस् यात्रासंग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिनुभएका सम्पूर्ण कमरेडहरू, दाजुभाई तथा दिदिबहिनीहरू, समाचार एवम् विश्लेषणको बिषय बनाउनुहुने सञ्चार जगत र भरपर्दो सुरक्षा प्रवन्ध गर्ने सुरक्षा निकायको भूमिका प्रसंशनीय छ ।