३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयको अपिलः अत्यावश्यक नपरी बाहिर ननिस्कनु



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको भन्दै अत्यावश्यक नपरी घरबाहिर ननिस्कन आग्रह गरेको छ।

मन्त्रालयले विज्ञप्तिमार्फत जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकाले बाहिर ननिस्कन आग्रह गरेको हो। 

मर्निङ वाकमा ननिस्कन, खुला ठाउँमा नबस्न भन्दै मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ,  'घरभित्रै बसौं, भित्रै व्यायाम गर्न र बालबालिका,दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न अनुरोध छ।'

श्वासप्रश्वासमा कठिनाई तथा अन्य समस्याहरु देखा पर्नसक्ने भएकाले फोहोर जलाउने काम नगर्न मन्त्रालयले आग्रह गरेको छ। 

मन्त्रालयले अतिआवश्यक नभइ सवारीसाधनसमेत नचलाउन समेत अनुरोध गरेको छ ।