५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक विवाद चुलिएपछि पोखराको प्याराग्लाइडिङ उडान बन्द



फाईल फोटो
अ+ अ-

पोखरा । आन्तरिक विवादका कारण पोखराको प्याराग्लाइडिङ बन्द भएको छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्म हालका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।

प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा  पाएको नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरुबिच विवाद बढेको हो । नाले संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्न र आफैँ बुकिङ गर्न खुला गरिदिएको छ ।

यसअघि संस्थागत रूपमा ग्राहकले नाम टिपाउने र उनीहरूलाई संस्थाले नै कम्पनी भाग लगाएर पठाउने गरेको थियो । ग्राहकले पनि निर्धारित शुल्कमा प्याराग्लाइडिङ गर्ने गर्थे । ‘ना’ को निर्णयलाई एकाथरीले ठिक मानेका छन् भने अर्को थरीले गलत भनेका छन् । दुवै पक्षको विवाद चरम भएपछि प्राधिकरणले नै बन्द गरिदिएको हो ।

विवाद चुलिएपछि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै पाइलटहरूले पनि प्याराग्लाइडिङ नउडाउने निर्णय गरेका छन् ।




भर्खरै