५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाको पुनरागमन जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा भिल्लाले ब्रेन्टफोर्डलाई उसकै मैदानमा २ १ गोलले पराजित गरेको हो ।

घरेलु टोली ब्रेन्टफोर्डले खेलको ४५ औं मिनेटमा किन लेविस पोटरको गोलबाट सुरुवाती अग्रता लिएको थियो । यता, खेलको ७७ औं मिनेटमा एलेक्स मोरेनोले तथा ८५ औं मिनेटमा ओलि वाट्कीन्सले गोल गर्दै भिल्लालाई जित दिलाए ।

खेलको ७१ औं मिनेटमा बेन मीले रातो कार्ड खाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो । यता खेल सकिनै लाग्दा इन्जुरी समयमा भिल्लाका बोउवाकार कमाराले पनि रातो कार्ड खान पुगे ।

यो नतिजासँगै भिल्ला १७ खेलबाट ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । ब्रेन्टफोर्ड १९ अंकका साथ १२ औं स्थानमा छ ।