२१ मंसिर २०८२, आईतवार
,
Latest
मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कारखानामा विस्फोट, नौ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको सरकारले जनाएको छ ।

महाराष्ट्र राज्यको नागपुर शहरमा रहेको सोलार इन्डस्ट्रिज इन्डियामा कामदारहरू प्याकिङ क्षेत्रमा रहेका बेला विस्फोट भएको थियो ।

“नागपुरको सोलार इन्डस्ट्रिजमा भएको विस्फोटमा छ महिलासहित नौ जनाको मृत्यु भएको र यो अत्यन्त दुर्भाग्यपूर्ण छ,” राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेका छन् ।

कम्पनीले देशको रक्षा बलका लागि ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने गरेको उनले बताए ।

दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले छ हजार अमेरिकी डलर उपलब्ध गराउनेभएको छ ।

घटनामा कम्तीमा तीन जना कामदार घाइते भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

भारतमा औद्योगिक विपत्तिहरू सामान्य छन् । यसका लागि विशेषज्ञहरूले खराब योजना र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनलाई दोष दिन्छन् ।

गत वर्ष बिहारको पूर्वी राज्यमा अवैध रूपमा पटाका उत्पादन भइरहेको एक घरमा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको थियो ।

सन् २०२१ मा दक्षिणी तमिलनाडु राज्यको एक पटाका कारखानामा भएको विस्फोटमा १९ जनाको मृत्यु भएको थियो ।