६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी खाना ‘सुसी’ बनाउने प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण



अ+ अ-

काठमाण्डौ, १ पुस । विगत दुईवर्षदेखि नेपाली युवायुवतीलाई विभिन्न खानेकुरा तयार गर्नेबारे (कुक) तालीम दिई स्वदेशी र विदेशी बजारको लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको रेडिशन होटेल ट्रेनिङ्ग सेन्टर कालीमाटीमा आइतबार जापानी खानेकुरा ‘सुसी’ सम्वन्धी ३५ दिने तालीम सम्पन्न भएको छ ।
तालीमका सहभागीहरुलाई सो तालीम केन्द्रकी कार्यक्रम संयोजक सुनिता आचार्य, वरिष्ठ प्रशिक्षक शेफ मान बहादुर तामाङ्ग, वरिष्ठ पत्रकार बलराम प्यासी र राष्ट्रिय खाद्य बैंक लिमिटेडकी महिला उद्यमी विभाग प्रमुख कमला डिसीले खादा र प्रमाणपत्र वितरण गरे ।

दुईवर्षको अवधिमा सो तालीम केन्द्रमा २ हजारजना भन्दा बढीले जापानी खानेकुरा ‘सुसी’ बनाउने तालीम लिएर स्वदेश र विदेशका तारे होटेलहरुमा राम्रो पारिश्रमिक पाउने गरि रोजगारी पाईसकेको वरिष्ठ सुसी शेफ मान बहादुर तामाङ्गले बताए ।

कुनैपनि तालीम नलिई विदेश गएका नेपाली युवायुवतीहरु त्यहाँको बजार बुझेर विदामा स्वदेश फर्केको बेलामा समेत सुसी लगायतका अन्य तालीम लिएर पुन: विदेश जाने गरेको रेडिशन होटेल ट्रेनिङ्ग सेन्टरकी कार्यक्रम संयोजक सुनिता आचार्यले बताइन् ।

आफुसंग सीप हुँदा स्वदेश होस् या विदेशमा राम्रो पारिश्रमिक पाइने भएकोले पछिल्लो समयमा खानेकुरा बनाउने तालीम लिन आउने युवायुवतीहरुको संख्या बढीरहेको पनि उनले बताइन् ।

सुसी तालीमका प्रशिक्षार्थीहरुमा छोइक तामाङ्ग, नमराज तामाङ्ग, खड्ग बहादुर तामाङ्ग, सानु सुनार, सन्ध्या ढुंगाना, विशाल श्रेष्ठ, देविका महर्जन, हेमन्त शर्मा, स्वस्तिका थापा र अनिल अधिकारी छन् ।

३५ दिने तालीममा सैद्धान्तिक र व्यवहारिक तालीम लिए पश्चात उनीहरु सुसीका विभिन्न थरीका परिकार बनाउन सक्षम भएका थिए । तालीम समापनका अवसरमा उनीहरुले तातो र चिसो सहित झण्डै ५० थरीका सुसी तयार गरि प्रशिक्षक र पाहुनालाई खुवाएका थिए ।

रेडिशन होटेल ट्रेनिङ्ग सेन्टरले जापानी खानेकुरा सुसी बनाउने तालीमदेखि कफि बनाउने, इण्डियन, चाइनिज लगायतका खानेकुरा बनाउने तालीम दिँदै आएको छ ।