२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता

सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून

सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून
अ अ+ अ-

काठमाडौँ । स्नातक तहको इञ्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स विषयका तुलनामा मेकानिकल र जिओम्याट्रिक्समा विद्यार्थीको आकर्षण कम देखिएको छ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण छात्रवृत्ति दिइने सिभिल इञ्जिनियरिङअन्तर्गत पुल्चोक क्याम्पसमा एक सय आठ स्थान (कोटा) रहेकामा एक स्थान मात्र भर्ना हुन बाँकी छ ।

सो विषयमा थापाथली क्याम्पसमा ३६ स्थानमध्ये नौमा भर्ना हुन बाँकी छ । ती दुई क्याम्पसमा कम्प्युटर इञ्जिनियरिङमा क्रमशः ३६ र १२ स्थान रहेकामा सबैमा भर्ना भइसकेका छन् । इलोक्ट्रोनिक्स, कम्युनिकेशन र इन्फर्मेशन इञ्जिनियरिङमा ती क्याम्पसमा क्रमशः २४/२४ स्थान रहेकामा सबै सिटमा भर्ना भइसकेका छन् । अन्य क्याम्पसमा पनि ती विषयमा विद्यार्थी भरिन थालेका छन् ।

मेकानिकल इञ्जिनियरिङमा पुल्चोक क्याम्पसमा २४ स्थान रहेकामा दुई स्थान खाली छ भने थापाथली क्याम्पसमा सो विषयमा ३६ स्थान रहेकामा हालसम्म १८ विद्यार्थी मात्रै भर्ना भएका छन् । जिओम्याट्रिक्स इञ्जिनियरिङमा पश्चिमाञ्चल क्याम्पसमा ३६ स्थान रहेकामा अझै १३ स्थान भर्ना हुन बाँकी छ ।

त्रिविका सरकारी र निजी गरी १५ कलेजमा चार हजार तीन सय ४४ विद्यार्थीले स्नातक तहमा इञ्जिनियरिङ पढ्न सक्ने क्षमता त्रिविअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन एवं प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा डा सुशीलबहादुर बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सरकारी (आंगिक) क्याम्पसमा छ सय विद्यार्थीले पढ्न पाउँछन् । निजी (सम्बन्धन प्राप्त)मा विभिन्न समावेशीताका आधारमा ३१ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँछन् । शुल्क तिरेर पढ्ने एक हजार चार सय विद्यार्थी हुन्छन् ।

त्रिविका अतिरिक्त काठमाडौँ, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, लुम्बिनी–बौद्ध र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थी पढ्न सक्ने क्षमता रहेको छ । सबै विषय गरी पुल्चोक क्याम्पसमा छ सय २४ स्थान रहेकामा ३०, थापाथली क्याम्पसमा चार सय ३२ मा एक सय आठ, पश्चिमाञ्चल क्याम्पसमा चार सय ३२ मा एक सय १९ र पूर्वाञ्चल क्याम्पसमा पाँच सय २८ स्थान रहेकामा एक सय एक स्थान भर्ना हुन बाँकी रहेका सम्बन्धित क्याम्पसले जनाएका छन् ।

त्यस्तै इञ्जिनियरिङ कलेजहरुमा भर्ना हुन बाँकी कोटामध्ये काठमाडौँमा तीन सय ८४ मध्ये एक सय ५४, कान्तिपुरमा दुई सय ८८ मध्ये दुई सय नौ, सगरमाथामा एक सय ४४ मध्ये ६२, एडभान्स्ड इञ्जिनियरिङ कलेजमा तीन सय ३६ मध्ये एक सय ६०, हिमालयमा दुई सय ४० मध्ये एक सय ३६, नेशनल कलेज अफ इञ्जिनियरिङमा दुई सय ४० मध्ये २९, ललितपुरमा ९६ मध्ये ५५, काथफोर्ड इन्टरनेशनल कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टमा एक सय ९२ मध्ये एक सय तीन, जनकपुर इञ्जिनियरिङ कलेजमा एक सय ९२ स्थानमध्ये एक सय ७२, ख्वपः इञ्जिनियरिङ कलेजमा एक सय ९२ मध्ये २७ र चितवनमा २४ मध्ये दुई स्थान बाँकी छन् ।

सहायक डीन प्रा डा बज्राचार्यले भर्ना प्रक्रिया जारी रहेको अवस्थामा अहिले तेस्रो सूचीसम्म मात्र पुगेकाले समग्रमा विद्यार्थी कम भएको भन्न नमिल्ने बताउनुभयो । उहाँले विषयगतरुपमा हालसम्मको भर्ना भएको तथ्याङ्क हेर्दा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्सका तुलनामा मेकानिकल र जिओम्याट्रिक्स इञ्जिनियरिङमा विद्यार्थी कम मात्रामा भर्ना भएका जानकारी दिनुभयो ।

समग्रमा इञ्जिनियरिङ विषयमा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि प्रवेश परीक्षामा अनुपस्थित हुने विद्यार्थी बढेकाले भर्ना हुनेको सङ्ख्या केही घट्ने आँकलन गरिएको प्रा डा बज्राचार्यको भनाइ थियो । उहाँले बाहिर प्रचार गरिए जस्तो विद्यार्थीको कमी भएको भन्नेमा सत्यता नभएको जिकिर गर्नुभयो ।

“पुस २२ गतेसम्म भर्नाको समय तोकिएको छ । माघ २ गतेदेखि नियमित कक्षा सञ्चालन हुन्छ । पढाइ सुरु हुनु अघिसम्म भर्ना लिइन्छ । अहिल्यै विद्यार्थी कम भए भनेर विश्लेषण गर्न मिल्दैन”, बज्राचार्यले भन्नुभयो, “कतिपय विषय र क्याम्पसका सवालमा विगतको जस्तो आकर्षण नहुन सक्छ । हामी अहिले नै विश्लेषण गरेर चिन्तित हुनुपर्ने अवस्था छैन ।” उहाँले हालसम्म भर्नाको तेस्रो सूचीसम्म प्रकाशन भएको जनाउँदै १२औँ सूचीसम्म प्रकाशन हुने जानकारी दिनुभयो । उहाँका अनुसार गतवर्ष तेस्रो सूची आउँदा ६६ प्रतिशत भर्ना भएकामा यस वर्ष यो सङ्ख्या दुई प्रतिशतले कम भएर ६४ प्रतिशत भर्ना भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कान्तिपुर सिटी कलेज ९केसिसी० का प्रशासन प्रमुख राजीब तिमिल्सिनाका अनुसार सो कलेजमा सिभिल इञ्जिनियरिङमा एक सय ४४ स्थान रहेकामा हालसम्म ४० र कम्प्युटर इञ्जिनियरिङमा ४८ स्थान रहेकामा २५ विद्यार्थीले भर्ना गरिसकेका छन् । कोभिड–१९ को महामारीपछि पछिल्ला दुई वर्षयता लगातार विद्यार्थी घट्नुमा प्रदेशस्तरमा कलेजहरु सञ्चालन हुनु, विद्यार्थी प्रवेश परीक्षाको झञ्झटमा लाग्न नचाहनुलगायत कारण हुनसक्ने उहाँले बताउनुभयो ।

त्रिविको अध्ययन संस्थानभित्र विद्यार्थी सङ्गठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामाका कारण प्रवेश परीक्षाको मिति पछि सर्दा शैक्षिक वर्ष २०८०÷८१ को प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी घटेका प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा डा बज्राचार्यले बताउनुभयो ।

बोर्डले सुरुमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाए पनि आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो । यस वर्ष १० हजार विद्यार्थीले प्रवेश परीक्षामा आवेदन दिएकामा आठ हजार मात्रै सहभागी भएको उहाँले जानकारी दिनुभयो । बज्राचार्यका अनुसार गत वर्ष नौ हजार चार सयले आवेदन दिएकामा १० प्रतिशत मात्रै प्रवेश परीक्षामा अनुपस्थित थिए ।

संस्थानको प्रवेश परीक्षा बोर्डबाट गत कात्तिक १४ गतेदेखि २० गतेसम्म लिइएको प्रवेश परीक्षामा यस वर्ष सूचना प्रविधिका आधारमा पहिलो पटक कम्प्युटर विधिमार्फत प्रादेशिकरुपमा परीक्षा सञ्चालन गरिएको सहायक डीन प्रा डा बज्राचार्यले जानकारी दिनुभयो ।

आंगिक क्याम्पसका विभिन्न कोटाहरुमा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो । तत्श्चात विद्यार्थीले पढ्न चाहेको क्याम्पसमा आवेदन दिन्छन् । बोर्डले तोके अनुसार न्यूनतम् अङ्कभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रम अनुसार भर्ना लिइनेछ ।

इन्जिनियरिङका विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान

यसैबीच, नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीले रू १५ लाख बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका छन् । सो कलेजका विद्यार्थी विप्लव पनेरु र हालै स्नातक गरेका अनुप पौडेलका साथै पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङअन्तर्गत स्नातक चौथो वर्षका विश्व पनेरुले उक्त अनुदान प्राप्त गरेका हुन् ।

उहाँहरुले ‘टेक्नो–इकोनोमिक एनालिसिस अफ क्रायोजेनिक सीओ २ क्याप्चर प्रोसेस अफ नेपाल एन्ड इटस एप्लिकेसन’ शीर्षकको अनुसन्धान परियोजनाका लागि अनुदान पाएका हुन् । विप्लव, अनुप र विश्व तिनै जनाले युनाइटेड इन्जिनियरिङ फाउन्डेसनको अनुदान कार्यक्रममा जलवायु समाधान परियोजनाका लागि स्वीकृत भएका जनाइएको छ । यो परियोजना एसियाबाट एक मात्र छनोट भएको परियोजना हो । रासस