२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

चिवाभन्ज्याङको जंगे पिलरमा ओलीले फहराए राष्ट्रिय झण्डा – फोटोफिचर

चिवाभन्ज्याङको जंगे पिलरमा ओलीले फहराए राष्ट्रिय झण्डा – फोटोफिचर
अ अ+ अ-

पाँचथर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा १८ औं दिनमा पूरा गरेका छन् ।

झण्डै २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथरको र भारतको सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे नेपालको राष्ट्रिय झण्डा-उत्तोलन गरी गरेका हुन् । मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा समापनको अवसरमा अध्यक्ष ओलीले झण्डोत्तलनसँगै शीलालेखको अनावरणसमेत गरे ।

उनले यात्रामा सहभागी लाखौं नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिए । उनले संचारमाध्यमहरुलाई समेत धन्यवाद भने । उनले लेखक, विचारक र टिप्पणीकारहरुलाई समेत धन्यवाद दिए ।

झण्डोत्तोलनपछि सङ्कल्प यात्राबारे बोल्दै अध्यक्ष ओलीले राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले
जनतामा निराषा फैलाइएको जनतामा उत्साह फैलिएको विश्वास व्यक्त गरे । अन्य पार्टीमा समेत अभियानले प्रभाव पारेको ओलीले बताए ।

आफ्ना ठाउँका विशेषता, परिचय, समस्यालगायतका विषय ध्यानाकर्षण, मागपत्र ज्ञापनपत्रद्वारा नागरिकबाट बुझ्ने मौका पाएको बताउँदै ओलीले वैचारिक र जानकारीका हिसाबले पार्टीलाई मजबुद बनाएको र समस्या समाधानका लागि पार्टीलाई कार्ययोजना प्राप्त भएको बताए ।

‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिढीको समय खेर गएको छ,’अध्यक्ष ओलीले भने, ‘सङ्कल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ ।’

एमाले चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको अध्यक्ष ओलीले बताए । ‘सङ्कल्प यात्राले अवाञ्छित चिन्तन, विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्विपरी ठान्न्ने आम जनताको मनोबल उच्च भएको छ,’ अध्यक्ष ओलीले भने, ‘सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा सङ्कल्प यात्राले दिएको छ ।’