१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्याका राष्ट्रपति दम्पत्तिलाई कोरोनाको खोप



अ+ अ-

एजेन्सी । केन्याका राष्ट्रपति उहुरु केन्याटा र उहाँकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाउनु भएको छ । महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै खोप लगाउनु भएको हो ।

उहाँले लगाएपछि सरकारी अन्य उच्च अधिकारीहरुले पनि खोप लगाएको समाचारमा जनाइएको छ । राष्ट्रपति केन्याटाले देशका सवै नागरिकलाई खोपप्रति विश्वास दिलाउन र आकर्षित गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको पनि बताउनुभयो ।
 
पछिल्लो १२ दिनमा हाम्रा अस्पतालहरुमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा ५२ प्रतिशतले बृद्धि भएको छ । यो बृद्धिदर एकदमै धेरै हो, राष्ट्रपति केन्याटाले भन्नुभयो । पूर्वी अफ्रिकी मुलुक केन्यामा गत मार्च २ मा अस्ट्राजेनिकाको १० लाख २० हजार खोप ल्याइएको थियो । 
   
आगामी जुन महिनासम्म पहिलो चरणको खोप अभियान जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पहिलो चरणमा खोपका लागि उच्च प्राथमिकतामा परेका समुदायलाई खोप लगाइने भएको छ । सरकारले खोप लगाउन प्राथमिकता निर्धारण गरेको छ । 

केन्यामा अहिलेसम्म एक लाख २६ हजार १७० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ९२ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने केन्यामा ९२ हजार २६८ रहेको अधिकारीहरुले जनाएका छन् ।