२ पुष २०८२, बुधबार
,
Latest
जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा स्कुटर दुर्घटना, स्कुटर चालकको मृत्यु



अ+ अ-

भक्तपुर । टिपरको ठक्करबाट मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि स्कुटर चालकको मृत्यु भएको छ ।

बहाखा बजारबाट सानोथिमितर्फ जाँदै गरेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई आज विपरीत दिशाबाट आउँदै गरेको बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–३ गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

प्रहरीले टिपर चालक धादिङ थाक्रे गाउँपालिका–७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ४२ वर्षीय सुरेश तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।रासस