५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी आरोपितलाई युएईबाट पक्राउ गरेर नेपाल ल्याइयो



अ+ अ-

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।

सर्लाही साविक जानकीनगर गाविस–७ का कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार ठगी आरोपमा अदालतबाट निजविरुद्ध पक्राउ पूर्जी जारी भएकाले युएईमा पक्राउ गरेर सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको हो ।

उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विसं २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसामार्फत दुबई बोलाएको तथा रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितले उनीविरुद्ध जाहेरी दिएका छन् ।”रासस