२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीको जन्मघरमा जाँदा यस्तो देखियो – फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले उजाड बन्दै गएको गाउँलाई रहर र आशा लाग्दो बनाउने महाअभियानमा एमाले रहेको बताउनु भएको छ ।

विकास र सेवासुबिधा सहरतर्फ केन्द्रित हुँदा गाउँ उजाड बन्दै गएको बेला अध्यक्ष ओलीले बढ्दो बसाइसराई रोक्न एक मात्र विकल्प गाउँको विकास अपरिहार्य भएको बताउनु भएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १६ औँ आफ्नो जन्मघर तेह्रथुममा पुग्नु भएका अध्यक्ष ओलीले आफ्ना बालसखासँग कुराकानी गर्दै गाउँको विकास र समृद्धि सृजना गर्न एमालेले मिसन ८४ अभियान सुरु गरेको बताउनु भयो ।

बालसखासँगको छोटो भेटघाटमा उनीहरुले मन फुकाएर कुरा गरेका गिए । उहाँहरू मध्ये आफूले गाउँमा व्यवसायिक कृषि सुरु गरेको तर बजार अभाव भएकाले उत्पादित बस्तु खेर गएको गुनासो सुनाउनु भयो ।

ओली गाउँमा पुग्दा एक बालसाखले भिडियो कल गर्नुभयो र गाउँमा बस्ने वातावरण नभएका गुनासो गर्नुभयो । ‘त्यहाँ सुनसान छ, कोही छैन अप्ठेरो छ’, उहाँले गुनासो गर्नुभयो । केपी ओलीको पहलमा गाउँमा बाटो पुगेको तथा प्राविधिक शिक्षालय बनेकोमा भने उहाँले खुसी व्यक्त गर्नुभयो ।

आफू जन्मिएको ठाउँ बनाएको भन्दै उहाँले ओलीको प्रशंसा गर्नुभयो । ओलीले आफ्नो घर जग्गा र छिमेकीको समेत किनेर प्राविधिक शिक्षालयलाई दान दिनुभएको छ, जहाँ प्राविधिक विषयका विद्यार्थी पढिरहेका छन् ।

गाउँ सुनसान भएको भन्दै फोन गर्ने साथीलाई ओलीले गाउँमा मानिस आउने र कृषि कर्मको वातावरण बनाउने योजना आफूले बनाइरहेको बताउनुभयो । ‘म योजना गर्दै छु, मान्छे आउने खालको योजना, कसरी कृषि गर्ने, यो खालको कृषिको योजना गर्दै छु’, ओलीले उहाँलाई आश्वस्त पार्नुभयो ।

उहाँले भिडियो कल गर्दा गर्दै अर्का बालसखाले ६ सय एभोकार्डो र ११ सय बोट कागती लगाएको ओलीलाई सुनाउनुभयो । ओलीले उहाँलाई तपाईहरुको कृषि क्रान्ति मन पर्यो यसलाई अझ व्यवसायिक हिसावले अघि बढाउनुस साथमा एमाले छ भन्दै आश्वस्त पार्नुभयो ।