२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तुझसे नाराज नहीं जिंदगी’का गायकको निधन



अ+ अ-

एजेन्सी । बंगाली गायक अनुप घोषालको ७७ वर्षको उमेरमा डिसेम्बर शुक्रबार निधन भएको छ ।उनको मृत्युको कारण मल्टिपल अर्गन फेल भएको बताइएको छ । अनूपले ‘तुझसे नाराज नहीं जिंदगी’ जस्ता हिट गीतमा आफ्नो स्वर दिएका थिए ।

पीटीआई रिपोर्टका अनुसार अनुप घोषाललाई उमेर सम्बन्धी रोगका कारण पछिल्लो केही दिनदेखि दक्षिण कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनले शुक्रबार दिउँसो १ः४० बजे अन्तिम सास लिए ।

अनुप घोषालको जन्म १९४५ मा कोलकातामा अमुल्य चन्द्र घोषाल र लबन्या घोषालको घरमा भएको थियो । उनको आमाले उनलाई ४ वर्षको उमेरदेखि नै गीत गाउन प्रोत्साहन दिएकी थिइन् । सानै उमेरमा उनी अल इन्डिया रेडियोको शिशु महल कार्यक्रममा सामेल भए ।

पढाइसँगै संगीतको शिक्षा पनि जारी राखे । त्यसपछि कलेज पढ्दै गर्दा उनले अन्तर कलेज प्रतियोगितामा भाग लिन थाले । यसरी उनको सांगीतिक कलासँग मानिसहरु जोडिन थाले ।

अनूप तुझसे नराज नही जिंदगी, हसन भी आप हैं, इश्क भी आप हैं र तुम साथ हो जिंदगी भर लिए जस्ता हिट गीतहरूका लागि परिचित थिए ।