१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

पर्यटक आउन थाले, जनवरीमा १६ हजार बढी नेपाल भित्रिए

पर्यटक आउन थाले, जनवरीमा १६ हजार बढी नेपाल भित्रिए
अ अ+ अ-

काठमाडौ । कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । 

कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ । पर्यटक आगमनको पछिल्लो आँकडाले पनि यसलाई पुष्टि गर्छ । 

अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा हवाई मार्ग भएर १६ हजार ९७५ विदेशी पर्यटक नेपाल आएका हुन् । अघिल्लो सन् २०२१ को सोही महिनामा आठ हजार ८७४ विदेशी पर्यटक नेपाल आएका थिए । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९१।३ प्रतिशत बढी हो । जनवरीमा नेपालबाट १७ हजार ९८४ विदेशी बाहिरिएका छन् ।

विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको पर्यटन बोर्डको बुझाइ छ । बोर्डका निर्देशक मणिराज लामिछानेले महामारीको असहज परिस्थितिका बीच अहिलेको पर्यटक आगमनलाई सुधारात्मक र सकारात्मक मान्नुहुन्छ । “अघिल्लो वर्षको सोही महिनाको तुलनामा अहिलेको असहज परिस्थितमा पनि १६ हजार बढी पर्यटक भित्रिनु निकै सकारात्मक पक्ष हो, यसले के सन्देश दिन्छ भने नेपालमा अब नेपालमा वास्तविक पर्यटक आउन थाले, पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा पैदा भएको छ, यो सङ्ख्या हेर्दा नेपालमा पर्यटक आउन थाले भन्नुपर्छ ।”

 यो पटक सार्क मुलुकबाट सबैभन्दा बढी पाँच हजार ५०५ पर्यटक आएका छन् । यसमा पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै तीन हजार ९१६ र बङ्गलादेशबाट एक हजार २३१ पर्यटक नेपाल भित्रिएका छन् । युरोपबाट तीन हजार ५२७, एसिया तथा अन्य मुलुकबाट एक हजार ११४, अमेरिका र क्यानाडाबाट तीन हजार ६१८, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट एक हजार २४० र अन्य मुलुकबाट एक हजार ९७५ पर्यटक नेपाल आएका छन् । सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । रासस