२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध हतियार तथा लागुऔषसहित दुईजना पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका–९ बस्ने ४१ वर्षीय चिरञ्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय लेखबहादुर कार्की रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रहरीले केएफ–७ दशमलव ६५ लेखिएको पाँच राउण्ड गोली लोड भएको म्याग्जिनसहितको एउटा पेस्तोल, उक्त पेस्तोलमा लाग्ने खाली म्याग्जिन एक थान तथा लागुऔषध खैरौ हेरोइनजस्तो देखिने लेसिलो पदार्थ पाँच ग्रामसहित बरामद गरेको छ ।

भक्तपुर, सुर्यविनायक नगरपालिका–१० नलिन्चोक एरियामा अवैध हतियार तथा लागुऔषधको ओसारपसार र कारोबार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् यस कार्यालयबाट खटिएको विशेष टोलीले निजहरूलाई पक्राउ गरेको सूचना अधिकृत तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “आज निजहरूलाई लागुऔषध तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी बृत्त जगाति पठाइएको छ ।” रासस