१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

पशुपतिको जग्गामा बनेका संरचना भत्काउन १५ दिने सूचना

पशुपतिको जग्गामा बनेका संरचना भत्काउन १५ दिने सूचना
अ अ+ अ-

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गा भनी बोर्ड राखेको स्थानभन्दामाथिको टहरामा २०५२ सालदेखि बस्दै आएका मिमबहादुर तामाङ शुरुको एक वर्ष स्थानीय अष्टलाल श्रेष्ठलाई भाडा तिरेको दावी गर्नुहुन्छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित उक्त जग्गामा दोस्रो वर्षदेखि त्यहाँ बसेवापत् श्रेष्ठको खेतबारीमा काम गरेर भाडाको पैसा कटाउँदै आएको उहाँ बताउनुहुन्छ । तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँको दुप्चेश्वरमा गोसाइँकुण्ड गुठीका नाममा १७ रोपनी जग्गा छ । 

श्रेष्ठले आफ्नै जग्गा भनी आफूलाई राखेको तामाङ दाबी गर्नुहुन्छ । श्रेष्ठ  २०७४ सालको स्थानीय तह निर्वाचनमा सो वडाको सदस्यमा निर्वाचित भई जनप्रतिनिधिका रुपमा कार्यररत हुनुहुन्छ । वडा सदस्य श्रेष्ठ भने तामाङ बसेको जग्गा आफ्नो नभई पर्ति जग्गा भएको बताउनुहुन्छ । पर्ति जग्गा सरकारले कोषलाई भोगाधिकार मात्र दिएको वडा सदस्य श्रेष्ठको दाबी छ ।

“त्यहाँ मेरा नाममा सात टहरा छन्, मोही र तल्सिङ दुवै गरी १४ रोपनी जग्गा थियो, त्यसमध्ये केही जग्गा सेलिब्रेसन को–एड स्कूललाई पनि बेचेका छौँ”, उहाँले भन्नुभयो । कोषका नाममा स्रेस्ता पूर्जा कायम रहेको जग्गा अतिक्रमण हुने क्रम बढ्न थालेपछि सार्वजनिक सूचना जारी गरी घर टहरा भत्काउन १५ दिने सूचनासहित आह्वान गरिएको छ ।

 कोषले बुधबार सार्वजनिक सूचना जारी गरी जग्गा अतिक्रमण गरेर निर्माण भएका साविक गोठाटार गाविस–३ ९क० कित्ता नं। ५९, ८४, साविकको गोठाटार गाविस–४ (क) कित्ता नं. ८० का जग्गा केही व्यक्तिले अतिक्रमण गरी छाप्रा बनाएर बसेको सूचनामा उल्लेख छ । कोषले यसअघि पनि पटकपटक अतिक्रमित जग्गा खाली गर्न सार्वजनिक सूचना प्रकाशन गरेपनि अतिक्रमणकारीले टेरेका छैनन् । 

अतिक्रमणकारीलाई आफैँ अतिक्रमित जग्गामा बनेका टहरा भत्काउन कोषले बुधबारदेखि १५ दिनको म्याद दिएको छ । पन्ध्र दिनभित्र अतिक्रमणकारी स्वयंले नभत्काएमा कानुनअनुसार कोषले नै टहरा भत्काउने भएको छ । कोषले नै टहरा भत्काउँदा सामानको क्षति हुन गएमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने सूचनामा उल्लेख छ ।

संरक्षण गरिएन गोठाटारको ५३४ रोपनी जग्गा

कोषको नाममा कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा रहेको ५३४ रोपनी जग्गाको लामो समयदेखि संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्वासीका नाममा वरिपरिबाट मिच्ने क्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको उक्त जग्गा कोषले संरक्षण नगर्दा अतिक्रमण गर्ने क्रम रोकिएको छैन । बस्तीको बीचमा धेरै जग्गा खाली भएपछि सुकुम्वासीका नाममा मिच्ने क्रम बढेको हो । यस वर्ष पनि सुकुम्वासीका नाममा करिब १० टहरा थप्न खोजिएको थियो । कोरोनाबाट बच्न सरकारले निषेधाज्ञा जारी गरेका बेला सुकुम्वासीका नाममा जग्गा हडप्न खोजेपछि कोषले हटाएको थियो । 

कोषको जग्गासँगै जोडिएको द सेलिब्रेसन कोएडका प्रधानाध्यापक महेन्द्र भट्टराई सात महिनाअघि केही मानिस सुकुम्वासीका नाममा कोषको जग्गासँगै जोडिएको विद्यालयको जग्गा हडप्न आएको बताउनुहुन्छ । कोषको जग्गा भने पटकपटक मिचिने गरेको देखिएको उहाँले सुनाउनुभयो । कोषको जग्गाको बीचमा खहरे बग्ने गरेको छ । वर्षाद्मा खहरे बढेर आउँदा वरिपरिको बस्तीमा समस्या हुन्छ । कोषले जग्गा व्यवस्थापन नगर्दा यस वरपरका स्थानीयवासीलाई समेत समस्या हुने गरेको छ ।

दुई वर्षअघि पनि निकालेको थियो कोषले जग्गा खाली गर्ने सूचना 

कोषका उपनिर्देशक गौरीशङ्कर पराजुली २०७६ चैत ११ गतेअघि नै कोषले गोठाटारको जग्गामा सुकुम्वासीका नाममा बसोबास गर्नेलाई हटाउन गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरेको बताउनुहुन्छ । सूचनामा दिइएको समयमा अतिक्रमण गरी बसेका नहटेपछि स्थलगत रुपमै कोषले माइकिङ गरेको थियो । उनीहरुलाई छोडेर जान भनिएको थियो । कोरोनाको अवधि भएकाले मानवीय संवेदनालाई ध्यानमा राखेर हट्नलाई समय दिइएको दुई वर्ष भएपनि अतिक्रमणकारीले नछोडेको उपनिर्देशक पराजुलीले बताउनुभयो । 

पछिल्लो समयमा बस्न आउनेलाई हटाउने गरे पनि रातारात फेरि बस्न आउने गर्दा समस्या भएको छ । प्रहरी प्रशासनको सहयोग लिएर कोषले हटाउने क्रम भने जारी राखेको छ । कतिपटक जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नै लगेर सुकुम्वासी हटाउन खोजिएको थियो । कोषले सो जग्गालाई हाल साविक गरी प्रस्तावित गुरुयोजनामा विभिन्न संरचना निर्माणको योजना अघि सारेको छ । गुरुयोजनामा पशुपति हिन्दू विश्वविद्यालय, गौशाला, आयुर्वेद औषधालय, वृद्धाश्रम, उद्यानजस्ता संरचना गोठाटारको जग्गामा बनाउने सोच अघि सारिएको छ । 

काठमाडौँ उपत्यकामा खाली जग्गा कम हुँदै जान थालेपछि सुकुम्वासीका नाममा सङ्गठित रुपमा हडप्ने प्रयास भइरहेको छ । यो जग्गामा रहेको बालुवा पनि रातारात चोरी हुने गरेको छ । नजिकै सुरक्षा चौकी नहुँदा सार्वजनिक सम्पत्तिको संरक्षण हुन सकेको छैन । कोषको जग्गामा बस्न खोज्ने र बालुवा चोरी गर्नेसँग पटकपटक लुकामारी हुने गरेको छ । 
    
धेरै जग्गा खाली भएपछि तेज विनायक माध्यमिक विद्यालयले पनि कोषकै जग्गामा विद्यालय भवन बनाएको छ । कोषका सदस्य सचिव डा मिलनकुमार थापा कोषका तर्फबाट दुई वर्ष अघि जग्गा सम्पत्ति छानबिन गर्ने क्रममा गोठाटारको जग्गामा ११ पक्की घर र ४० टहरा निर्माण भएको भेटिएको बताउनुहुन्छ । थापा कोषाध्यक्ष रहनुभएका बेला उहाँकै संयोजकत्वमा सम्पत्ति एवं जग्गाको विवरण छानबिन गरी प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

“कोषले प्रस्ताव गरेको गुरुयोजना कार्यान्वयन गरेर जग्गा मिच्ने क्रम रोक्न सकिन्छ, गुरुयोजना लागू गर्नुअघि नापजाँच गरेर घेर पर्खाल लगाउनुपर्छ, गत आर्थिक वर्षमा घेर पर्खाल लगाउन बजेट विनियोजन गरिएको भए पनि कोरोना महामारीले सम्भव भएन, यस वर्ष आन्तरिक बजेट व्यवस्थापन गरी घेर पर्खालको काम गरिनुपर्छ”, उहाँले भन्नुभयो । 

छानबिन समितिले प्रतिवेदन दिएपछि पनि गोठाटारको जग्गा अतिक्रमण रोकिएको छैन । कोषका प्रवक्ता रेवतीरमण अधिकारी त्यसपछि पनि सयौँले सुकुम्वासीका नाममा पशुपतिको जग्गा अतिक्रमण गरेको बताउनुहुन्छ । नौ महिनाअघि जग्गा अतिक्रमण गर्न आउनेलाई जिल्ला प्रशासन कार्यालयको सहयोगमा कोषले हटाएको थियो ।

लामो समयदेखि जग्गामा केही नगरिएकाले कोषको जग्गा हालसाविक पनि गर्न लागिएको प्रवक्ता अधिकारीले बताउनुभयो । पशुपतिको जग्गा संरक्षणका लागि स्थानीय सरकारले सहयोग नगरेको कोषका अधिकारीहरुको गुनासो छ । पटकपटक छलफल गर्न खोज्दा पनि नगर प्रमुख कृष्णहरि थापाले समय नदिनुभएको भन्दै गुनासो गरिएको हो । 

जग्गाको संरक्षणका लागि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले स्थलगत रुपमा अवलोकन गर्नुभएको थियो । संरक्षणमा ठोस काम नगरी कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । कोषको जग्गाबाट माटो र बालुवा चोरी नियन्त्रण गर्न पनि घेर पर्खाल आवश्यक देखिन्छ । सडकमा छोडिएका गाईबाच्छा संरक्षणका लागि कोषसँगको सहकार्यमा १०० रोपनी जग्गा लिएर गौशाला चलाउँदै आउनुभएका मानव अधिकारकर्मी उत्तम पुडासैनी राजनीतिक दलका नाममा २०६२÷६३ को जनआन्दोलनपछि सुकुम्वासी ल्याएर राख्न खोजिएको स्मरण गर्नुहुन्छ । 

कोषको जग्गामा सुकुम्वासीका नाममा मानिस राखेर समस्या बनाइनुहुन्न भन्नेको त्यसबेला घरसमेत जलाइएको उहाँले सुनाउनुभयो । विसं २०५४ को स्थानीय तह निर्वाचनमा साविकको गोठाटार–३ बाट वडाध्यक्ष निर्वाचित सानोबाबु चापागाइँको घरमा त्यसबेला रातिको समय पारेर आगो लगाइएको थियो ।

कागेश्वरी मनोहरा–८ का वडाध्यक्ष श्रीप्रसाद चापागाइँ कोषको जग्गामा तीव्र रुपमा घर टहरा बन्न थालेपछि वडा कार्यालयले कोषलाई पत्र लेखी जग्गा संरक्षण गर्न अनुरोध गरेको सुनाउनुहुन्छ । कोषले बालुवा निकालेर बाँकी रहेको स्थानमा पाँगो माटो रहेकाले वर्षामा भेल आएर ढल व्यवस्थापनमा समस्या हुने गरेको वडा कार्यालयले जनाएको छ । भेल व्यवस्थापनका लागि वडाले कोषको ध्यानाकर्षण गराउँदै आएको छ ।

देशमा सशस्त्र माओवादी द्वन्द्व शुरु भएदेखि नै पशुपतिको यो जग्गामा अतिक्रमण शुरु भएको वडाध्यक्ष चापागाइँले बताउनुभयो । कोषको पछिल्लो सूचनामा छाप्रामात्र भत्काइने उल्लेख भएकाले पक्की घरलाई छुट दिन लागेको हो कि भन्ने स्थानीयवासीमा परेको छ । कोषका सदस्य सचिव थापा भने कोषको जग्गामा बनेका सबै संरचना भत्काएर खाली गरिने बताउनुहुन्छ । रासस