२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट

पर्वतको पञ्चासे पर्यटकको पर्खाइमा

पर्वतको पञ्चासे पर्यटकको पर्खाइमा
अ अ+ अ-

पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ ।

पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन । यो गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि उचित प्रचार–प्रसार र प्रवर्द्धनको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै कुरा छन् ।

पर्यटकीय राजधानी पोखराबाट नजिकै रहे पनि सहज सडक पूर्वाधार तथा पदमार्गको अभावमा पपर्यटक पुग्न सकेका छैनन् । समुद्री सतहबाट दुई हजार पाँच सय १७ मिटरको उचाइमा अवस्थित पञ्चासे डाँडामा पुग्नेहरू पञ्चासेमा रमाउने गरेका छन् ।

यहाँ मुख्यगरी बालाचतुर्दशीका दिन हजारौँ भक्तजनको भीड हुने गर्दछ । शतबीज छर्नका लागि नेपालका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । यहाँ आउनेहरूले सडकमार्ग छाडेपछि पञ्चासेको मुख्य मन्दिर र तालसम्म उकालो हिँड्दाको थकाइसँगै चुचुरोमा एकैछिन आराम गर्छन् र चारैतिरको सुन्दर दृश्य आँखामा कैद गरेर मन्त्रमुग्ध हुने गर्दछन् ।

समुद्र सतहदेखि दुई हजार पाँच सय नौ मिटरको उचाइमा रहेको बैदान तालको लम्बाइ एक सय १० मिटर र चौडाइ २५ मिटर छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जङ्गलले घेरिएको छ । जङ्गलको बीचमा भए पनि यो तालमा पात पतीङ्गर देख्न पाइँदैन । पञ्चकोशी पञ्चासेको नामले समेत चिनिने बैदान ताल पञ्चासे लेकको सबैभन्दा सुन्दर गहना हो ।

तालको छेवैमा बाराही मन्दिर छ । बैदान तालमा रहेको पानीको मूल र निकास नदेखिनु अर्को रमाइलो पक्ष हो । अर्को अचम्मलाग्दो रमाइलो पक्ष के भने, जङ्गलको छेवैमा रहेको तालमा पातपतिङ्गर नै देखिँदैनन् । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने स्थानीय सुशीलादेवी गुरुङले बताउनुभयो ।

पञ्चासे लेकबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला, दक्षिणतर्फ पाल्पाको श्रीनगर डाँडा र तराईका फाँट देखिन्छन् । पञ्चासेको ‘भ्यूटावर’बाट पोखरातिर फर्किएर नियाल्दा पोखरा बजार र फेवातालमात्रै होइन, दक्षिण–पश्चिमतर्फ नजर डुलाउँदा पर्वतको कुश्मा, फलेवास, डहरेको लेक, कार्कीनेटा, स्याङ्जाको भदौरे, आँधीखोलालगायतका ठाउँ देखिन्छन् । पञ्चासे लेकमै उभिएर म्याग्दी, गुल्मी र बागलुङका कैयौँ मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक रोमाञ्चित हुने गरेको पाइन्छ ।

गुरुङ समुदायको बसोबास रहेको पञ्चासे ग्रामीण पदयात्राका हिसाबले गण्डकी प्रदेशकै सीमित ठाउँमध्ये पर्दछ । पञ्चासे पुग्न कास्कीको फेवाताल, पामे र भदौरेसम्म मोटरमा तथा त्यसपछि तीन–चार घण्टा पैदल हिँडेर आउन पनि सकिन्छ । कास्कीकै लुम्ले, काँडे, भदौरे र देउराली हुँदै तीन घण्टा तथा पर्वतको कुश्मा, डिमुवा, चित्रे, आर्थर हुँदै दुई घण्टा पैदल हिँडेर पनि पञ्चासे पुग्न सकिन्छ ।

हिउँदमा पर्वतको डिमुवाबाट चित्रे हुँदै तथा स्याङ्जाको फेदीखोला, आरुखर्क हुँदै पञ्चासे भञ्ञ्याङसम्मै गाडी पुग्छ । अहिले पञ्चासे पुग्न मोटरको सुविधा भए पनि पदयात्रा गर्दाको आनन्द फरक हुने पञ्चासेमा आइपुगेका कुश्माका विषमकुमार श्रेष्ठले बताउनुभयो । कैयौँ स्वदेशी तथा विदेशी पर्यटक हिँडैरे पञ्चासे पुग्ने गर्दछन् ।

पञ्चासेले ऐतिहासिक र धार्मिक महत्व पनि बोकेको छ । पाँच पाण्डव गुप्तवासमा रहँदा बसोबास गरेका, बाइसे–चौबीसे राजाका किल्ला, सिद्धबाबालगायतका मन्दिर, गुफा र चैत्य पञ्चासे क्षेत्रका दर्शनीयस्थल हुन् । पञ्चासेमा बालाचतुर्दशीमा शतबीज छर्नेहरूको घुइँचो लाग्छ भने अन्य समयमा पञ्चासेले पर्यटकको पर्खाइमा रहेको स्थानीय होटल व्यवसायी लोकबहादुर गुरुङले बताउनुभयो ।

पञ्चासेमा रहेको जलाधार क्षेत्रको संरक्षण गर्न पाँच हजार पाँच सय हेक्टर वन क्षेत्रमध्ये एक हजार सात सय हेक्टर वन समुदायलाई हस्तान्तरण गरिएको छ । पञ्चासेमा पाँच सय ८९ किसिमका फूल, एक सय ५० औषधिजन्य जडीबुटी, ९८ प्रकारका उन्यू र आठ प्रजातिका रेसादार वनस्पति पाइन्छन् । पञ्चासे क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका चराचुरुङ्गी र दुर्लभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन् । यस क्षेत्रमा एक दर्जनभन्दा बढी खर्कसमेत रहेका छन् ।

सात सय सय ८४ मिटरदेखि दुई हजार पाँच सय १७ मिटरसम्मको उचाइमा पर्ने पञ्चासे लोपोन्मुख सुनाखरीको राजधानी नै मानिन्छ । सूर्योदय र सूर्यास्त हेर्ने रहर पनि पञ्चासेले नै पूरा गरिदिन्छ । पर्वतको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले पञ्चासे क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको बताउनुभयो ।

उहाँले बाटोघाटो, धर्मशाला, खानेपानीलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइएको र पर्वतले पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गुरुयोजना बनाएको बताउनुभयो । उहाँले तीन जिल्लाको साझा बिन्दुमा रहेकाले सबै मिलेर यसको प्रवर्द्धन गर्न सके वार्षिक लाखौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो । रासस