• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज



घोराही । घोराही उपमहानगरपालिका–१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको छ । उपभोक्ताले समेत सस्तोमा ताजा तरकारीलगायतका कृषि उपज उपभोग गर्न पाएका छन् ।

जिल्लाका किसानले विगतमा आफ्नै हिसाबले, तरकारी, फलफूललगायत बेच्ने गरे पनि अहिले कृषि उपज केन्द्र सञ्चालनमा आएपछि किसानलाई सजिलो भएको केन्द्रमा तरकारी किनमेलका लागि पुग्नुभएका स्थानीय पद्मा खड्काले बताउनुभयो । उहाँ हरेक दिन बिहानको समयमा यहीँ नै तरकारी लिन आउने गरेको बताउनुहुन्छ ।

“बाहिर तरकारी किनमेल गर्दा महँगो पर्र्ने हुँदा हरेक दिन ताजा तरकारी लिन आउने गरेका छु”, उहाँले भन्नुभयो, “कृषि उपज केन्द्रले हामीजस्ता उपभोक्ता र दु:ख गर्ने कृषकलाई सजिलो बनाइदिएको छ ।” यहाँ बिचौलिया हाबी हुन नपाउँदा किसानले आफ्नो कृषि वस्तुको मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा किनमेल गर्न सकिने हुँदा निकै सहज भएकोे उहाँको भनाइ छ ।

बिहान हिँड्दा स्वास्थ्यलाई पनि फाइदा पुग्ने र तरकारी पनि ताजा लैजान पाउने गरेको उहाँले बताउनुभयो । रोल्पाका किसान धनबहादुर रोकाले अन्त सस्तोमा व्यापारीले खोज्ने हुँदा यहाँ आफूले भनेकै मूल्यमा तरकारी बेच्न पाउने गरेको बताउनुभयो । रोकाले अहिले घोराही–४ मा तरकारी खेती गर्दै आउनुभएको छ । बाहिरको मूल्यभन्दा रु पाँच–दश बढीमा बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

यस याममा तरकारीले मूल्य पायो भने मासिक रु दुई लाख बढी आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । अहिले दुई बिघामा तरकारी खेती गर्दै आएको उहाँको भनाइ छ । कृषि उपज बिक्री केन्द्रमा आफ्नो उत्पादन राम्रै बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।

“घरमा फलाएको काउली, बन्दा, गोलभेँडा, साग, खुर्सानी बेच्न ल्याउने गरेको छु, ल्याएको जति सधैँ बिक्री हुन्छ, कहिलेकाहीँ मात्रै बच्ने गर्दछ”, रोकाले भन्नुभयो । आफूजस्तै धेरै किसानलाई सहज भएको उहाँ बताउनुहुन्छ । सोही ठाउँका हरि खत्री पनि आफूले उत्पादन गरेको वस्तु बिक्री गर्न आउने गरेको बताउनुभयो । धेरै खेती नभए पनि यस ठाउँमा बिक्री गर्न समस्या नभएको उहाँ बताउनुहुन्छ ।

ताजा र सुपथ मूल्यमा पाउँदा उपभोक्ता पनि खुसी हुने गरेका छन् । उहाँले व्यावसायिकरूपमा खेती नगरे पनि घरमा खाएर बचेको तरकारी केन्द्रमा बेच्न ल्याएको बताउनुभयो । कृषि उपज केन्द्रमै भेटिनुभएका घोराही–१८ रानिजरुवाका किसान अमर खत्रीले पनि १२ कठ्ठामा टमाटर खेती गर्दै आउनुभएको छ । आफूले उत्पादन गरेको टमाटर आफ्नै मूल्यमा बेच्न पाउँदा सहज भएको उहाँले बताउनुभयो । यसअघि उहाँले भारतमा पनि टमाटर खेती गर्नुभएको थियो ।

कृषि उपज केन्द्र सञ्चालनमा आएदेखि किसान र उपभोक्ता दुवैलाई सहज भएको उहाँको अनुभव छ । यहाँबाट किसानले लगानीअनुसारको मूल्य पाएका छन् भने उपभोक्ताले पनि सस्तोमा पाएका छन् । जिल्लाका धेरै नागरिक कृषि पेसा गर्दै आएका छन् । किसानले यहाँबाट तरकारी, फलफूल बिक्री गरेबापत दैनिक रु १० केन्द्रलाई बुझाउने गरेका छन् ।

घोराही–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि ग्रामीण क्षेत्रका किसानलाई घर–घरमै पुगेर तरकारी बिक्री गर्न समस्या भएकामा अहिले भने सहज भएको बताउनुभयो । यहाँबाट किसानले उत्पादन गरेको कोभी, टमाटर, साग, मुला, दाललगायत विभिन्न कृषि उपजले बजार पाएको छ भने उपभोक्ताले पनि ताजा र सुपथ मूल्यमा पाउन सकेका छन् । किसानले आफूले मेहनत गरेर उत्पादन गरेको वस्तुले सहजरूपमा बजार पाएको हुँदा यसमा बिचौलिया हाबी नभएकाले उपभोक्ता पनि ठगिनबाट बचेको उहाँको भनाइ छ । रासस