२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

ताबिन बास्कोटाको अंग्रेजी लेखनमा सहयोगी पुस्तिका ‘राइट वेल’

ताबिन बास्कोटाको अंग्रेजी लेखनमा सहयोगी पुस्तिका ‘राइट वेल’
अ अ+ अ-

काठमाडौं । विद्यार्थीमा अंग्रेजी लेखनको स्तर अभाव देखेका २२ वर्षे युवा ताबिन राज बास्कोटाले उनीहरुलाई लेखनमा सहयोग गर्न एउटा पुस्तिका लेखेका छन्, ‘राइट वेल’ अर्थात ‘राम्रो लेख’ । 

काव्य स्कुलबाट विद्यालय शिक्षा, इस्लिङ्गटन कलेजबाट ए लेवल र थाइल्याण्डको सियाम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त काठमाण्डौ कलेज अफ म्यानेजमेण्टबाट केही महिनाअघि बिबिए उतिर्ण गरेका लेखक बास्कोटा स्नातकोत्तर अध्ययनको तयारीमा छन् । विभिन्न विषयका पुस्तक प्ढन रुचि राख्ने युवा बास्कोटाले पहिलोपटक सहयोगी पुस्तिका लेखेका हुन ।
  
विशेष गरि निम्न माद्यमिक र माद्यमिक तहमा अध्ययन गरिराखेका विद्यार्थीहरुको अंग्रेजी लेखन सिलसिलेवार नहुने गरेको, प्रश्न एउटा जवाफ अर्काे हुने गरेको, लेख्न खोजिएका र लेखिएका विषय प्रष्ट र पुरा नहुने गरेको कारणले सहयोगी पुस्तिकाको खाँचो देखेर पुस्तिका लेखिएको बास्कोटाले बताए । 

सानै कक्षादेखि यस्तो खालको सहयोगी पुस्तिकाको आवश्यकता भएतापनि नेपालको विद्यालयमा ६ कक्षादेखि लागु गर्न सकिने लेखकको दावी छ ।  काव्य स्कूल नयाँबानेश्वरमा सूचना प्रविधि र लेखनकला विषयमा अध्यापन गर्दै आएका बास्कोटाले विद्यार्थीहरुमा अंग्रेजीमा सजिलैसंग कुराकानी गर्नसक्ने क्षमता भएतापनि अंग्रेजी लेखनमा अझै पनि कमीकमजोरी देखिएकोले सो पुस्तिकाको आवश्यकता परेको बताउँछन् ।

पठन र लेखनमा समेत विद्यार्थीलाई सहयोग पुगोस भनेर नेपाल सरकारले जारी गरेको पाठ्यक्रममा समेत सहयोगी सामग्रीको रुपमा उनको यो सहयोगी पुस्तिका लाई लिन सकिने बताईएको छ । यसको साथै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि आवश्यक पर्ने परीक्षा आई.ई.एल.टि.एस र एस.ए.टि ९क्ष्भ्ीत्क्, क्ब्त्० को लागि समेत सो पुस्तिका सहयोगी हुने जनाईएको छ । 

बदलिँदो समय अनुसार इमेल, इन्टरनेटजस्ता अनलाईनहरुमा औपचारिक पत्र लेख्ने कलादेखि विद्यार्थीहरुलाई पावरप्वाइन्ट  प्रिजेन्टेशन, ग्राफिक अर्गनाइजेशन र विचार आदानप्रदान गर्नको लागि समेत सो पुस्तिकाले सहयोग गर्नेछ ।

लेखक बास्कोटाको पहिलो कृति ‘राइट वेल’लाई नेदरल्याण्डस्को सरकारी पाठ्यक्रम निर्माता मार्लिन स्पिरिङ्ग र अमेरिकी शिक्षावीद् कृष्टिन हर्कट, जर्मनीकी शिक्षावीद् सिलिया नरिङ्गले समेत शुभकामना सन्देश पठाएर हौसला दिएका छन् । 

झापा स्थायी घर भई  हाल चन्द्रागिरी नगरपालिका ११ विष्णुदेवी भिलेज, नैकाप बस्दै आएका युवा लेखक बास्कोटाले आफ्नो पहिलो कृति स्वर्गीय आमा बिष्णुकुमारी राई बास्कोटाप्रति समर्पित गरेका छन् । युवा लेखक बास्कोटा काव्य स्कुल नयाँबानेश्वरका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा र स्व.विष्णुकुमारी राई बास्कोटाका जेठा छोरा हुन् ।