• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै ★   आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै ★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन

ताबिन बास्कोटाको अंग्रेजी लेखनमा सहयोगी पुस्तिका ‘राइट वेल’



काठमाडौं । विद्यार्थीमा अंग्रेजी लेखनको स्तर अभाव देखेका २२ वर्षे युवा ताबिन राज बास्कोटाले उनीहरुलाई लेखनमा सहयोग गर्न एउटा पुस्तिका लेखेका छन्, ‘राइट वेल’ अर्थात ‘राम्रो लेख’ । 

काव्य स्कुलबाट विद्यालय शिक्षा, इस्लिङ्गटन कलेजबाट ए लेवल र थाइल्याण्डको सियाम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त काठमाण्डौ कलेज अफ म्यानेजमेण्टबाट केही महिनाअघि बिबिए उतिर्ण गरेका लेखक बास्कोटा स्नातकोत्तर अध्ययनको तयारीमा छन् । विभिन्न विषयका पुस्तक प्ढन रुचि राख्ने युवा बास्कोटाले पहिलोपटक सहयोगी पुस्तिका लेखेका हुन ।
  
विशेष गरि निम्न माद्यमिक र माद्यमिक तहमा अध्ययन गरिराखेका विद्यार्थीहरुको अंग्रेजी लेखन सिलसिलेवार नहुने गरेको, प्रश्न एउटा जवाफ अर्काे हुने गरेको, लेख्न खोजिएका र लेखिएका विषय प्रष्ट र पुरा नहुने गरेको कारणले सहयोगी पुस्तिकाको खाँचो देखेर पुस्तिका लेखिएको बास्कोटाले बताए । 

सानै कक्षादेखि यस्तो खालको सहयोगी पुस्तिकाको आवश्यकता भएतापनि नेपालको विद्यालयमा ६ कक्षादेखि लागु गर्न सकिने लेखकको दावी छ ।  काव्य स्कूल नयाँबानेश्वरमा सूचना प्रविधि र लेखनकला विषयमा अध्यापन गर्दै आएका बास्कोटाले विद्यार्थीहरुमा अंग्रेजीमा सजिलैसंग कुराकानी गर्नसक्ने क्षमता भएतापनि अंग्रेजी लेखनमा अझै पनि कमीकमजोरी देखिएकोले सो पुस्तिकाको आवश्यकता परेको बताउँछन् ।

पठन र लेखनमा समेत विद्यार्थीलाई सहयोग पुगोस भनेर नेपाल सरकारले जारी गरेको पाठ्यक्रममा समेत सहयोगी सामग्रीको रुपमा उनको यो सहयोगी पुस्तिका लाई लिन सकिने बताईएको छ । यसको साथै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि आवश्यक पर्ने परीक्षा आई.ई.एल.टि.एस र एस.ए.टि ९क्ष्भ्ीत्क्, क्ब्त्० को लागि समेत सो पुस्तिका सहयोगी हुने जनाईएको छ । 

बदलिँदो समय अनुसार इमेल, इन्टरनेटजस्ता अनलाईनहरुमा औपचारिक पत्र लेख्ने कलादेखि विद्यार्थीहरुलाई पावरप्वाइन्ट  प्रिजेन्टेशन, ग्राफिक अर्गनाइजेशन र विचार आदानप्रदान गर्नको लागि समेत सो पुस्तिकाले सहयोग गर्नेछ ।

लेखक बास्कोटाको पहिलो कृति ‘राइट वेल’लाई नेदरल्याण्डस्को सरकारी पाठ्यक्रम निर्माता मार्लिन स्पिरिङ्ग र अमेरिकी शिक्षावीद् कृष्टिन हर्कट, जर्मनीकी शिक्षावीद् सिलिया नरिङ्गले समेत शुभकामना सन्देश पठाएर हौसला दिएका छन् । 

झापा स्थायी घर भई  हाल चन्द्रागिरी नगरपालिका ११ विष्णुदेवी भिलेज, नैकाप बस्दै आएका युवा लेखक बास्कोटाले आफ्नो पहिलो कृति स्वर्गीय आमा बिष्णुकुमारी राई बास्कोटाप्रति समर्पित गरेका छन् । युवा लेखक बास्कोटा काव्य स्कुल नयाँबानेश्वरका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा र स्व.विष्णुकुमारी राई बास्कोटाका जेठा छोरा हुन् ।