• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र ★   प्रतिनिधिसभा बैठक: खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो ★   टीम इन्डियाको मुख्य प्रशिक्षक बन्न गौतम गम्भीरले अन्तर्वार्ता दिँदै ★   राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँ: सांसद पन्त ★   प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ: सांसद पौडेल ★   गृहमन्त्रीले नेपाल प्रहरीको चेन अफ कमाण्डलाई नै ब्रेक गर्ने गम्भिर गल्ती गरे: काँग्रेस सांसद केसी ★   उत्तर कोरियाली सैनिकले सीमा पार प्रयास गर्दा सियोलको चेतावनी गोली ★   कालिका मन्दिरमा जेठमा १८ लाख सङ्कलन ★   पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने ★   बानेश्वरमा सहकारी छानबिन समितिको बैठक जारी

सूर्यकुमार यादवले बनाए रोहित र ग्लेन म्याक्सवेलसँग बराबरी शतकको कीर्तिमानी



एजेन्सी । टि२० आईमा भारतका सूर्यकुमार यादवले सर्वाधिक शतकको कीर्तिमान बनाएका छन् । बिहिबार भएको दक्षिण अफ्रिकासँगको शृंखलाको तेस्रो तथा अन्तिम टि२० आईमा चौथो शतक प्रहार गर्दै सूर्यले रोहित शर्मा र ग्लेन म्याक्सवेलसँग बराबर गरेका छन् ।

भारतका कप्तान रोहित शर्मा र अलराउन्डर हार्दिक पाण्ड्याको अनुपस्थितिमा भारतीय टोलीको नेतृत्व गरेका सूर्यकुमारले कप्तानको रूपमा पहिलो शतक र टि२० आईमा चौथो शतक प्रहार गरे। यससँगै टि२० आईमा सर्वाधिक चार शतक बनाउनेमा सूर्यकुमार पनि जोडिएका छन् ।

जोहानेसबर्गको न्यू वान्डरर्स स्टेडियममा भएको शृंखलाको निर्णायक खेलमा सूर्यको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकासामु बलियो लक्ष्य प्रस्तुत गरेको थियो । बिहिबार टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनायो । सूर्यकुमार यादव ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय रनमा अविजित रहे । यस्तै, यशस्वी जैसवालले ६० रन बनाउदा रिंकु सिंह १४ रनमा आउट भए ।

त्यसपछि २ सय २ रनको विशाल विजयी लक्ष्यसहित ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका १३.५ ओभरमा ९५ रन बनाएर अल आउट भयो । दक्षिण अफ्रिकाको लागि डेविड मिलरले सर्वाधिक ३५ रन बनाए । यस्तै, एडेन माक्ररमले २५ रन बनाउदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतको लागि कुलदीप यादवले उत्कृष्ट ५ विकेट लिए । २.५ ओभर बलिङ गरेका उनले १७ रन दिए । यस्तै, रविन्द्र जडेजाले दुई, मुकेश कुमार र अर्शदीप सिंहले एक एक विकेट लिए ।

तेस्रो तथा अन्तिम टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १ सय ६ रनले हराउदै भारतले खेल बराबरी गरेको हो । योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । यस सिरीजको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो ।

अव भारत र दक्षिण अफ्रिकाबीच तीन ओडिआई र दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो ओडिआई आइतबार हुनेछ ।