१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यकुमार यादवले बनाए रोहित र ग्लेन म्याक्सवेलसँग बराबरी शतकको कीर्तिमानी



अ+ अ-

एजेन्सी । टि२० आईमा भारतका सूर्यकुमार यादवले सर्वाधिक शतकको कीर्तिमान बनाएका छन् । बिहिबार भएको दक्षिण अफ्रिकासँगको शृंखलाको तेस्रो तथा अन्तिम टि२० आईमा चौथो शतक प्रहार गर्दै सूर्यले रोहित शर्मा र ग्लेन म्याक्सवेलसँग बराबर गरेका छन् ।

भारतका कप्तान रोहित शर्मा र अलराउन्डर हार्दिक पाण्ड्याको अनुपस्थितिमा भारतीय टोलीको नेतृत्व गरेका सूर्यकुमारले कप्तानको रूपमा पहिलो शतक र टि२० आईमा चौथो शतक प्रहार गरे। यससँगै टि२० आईमा सर्वाधिक चार शतक बनाउनेमा सूर्यकुमार पनि जोडिएका छन् ।

जोहानेसबर्गको न्यू वान्डरर्स स्टेडियममा भएको शृंखलाको निर्णायक खेलमा सूर्यको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकासामु बलियो लक्ष्य प्रस्तुत गरेको थियो । बिहिबार टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनायो । सूर्यकुमार यादव ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय रनमा अविजित रहे । यस्तै, यशस्वी जैसवालले ६० रन बनाउदा रिंकु सिंह १४ रनमा आउट भए ।

त्यसपछि २ सय २ रनको विशाल विजयी लक्ष्यसहित ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका १३.५ ओभरमा ९५ रन बनाएर अल आउट भयो । दक्षिण अफ्रिकाको लागि डेविड मिलरले सर्वाधिक ३५ रन बनाए । यस्तै, एडेन माक्ररमले २५ रन बनाउदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतको लागि कुलदीप यादवले उत्कृष्ट ५ विकेट लिए । २.५ ओभर बलिङ गरेका उनले १७ रन दिए । यस्तै, रविन्द्र जडेजाले दुई, मुकेश कुमार र अर्शदीप सिंहले एक एक विकेट लिए ।

तेस्रो तथा अन्तिम टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १ सय ६ रनले हराउदै भारतले खेल बराबरी गरेको हो । योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । यस सिरीजको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो ।

अव भारत र दक्षिण अफ्रिकाबीच तीन ओडिआई र दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो ओडिआई आइतबार हुनेछ ।