२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघको युद्धविराम प्रश्ताव पारित गरेपछि पनि गाजामा आक्रमण जारी



अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रसंघको युद्धविराम प्रश्ताव पारित गरेपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ ।

प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार इजरायली हवाई हमलामा मारिएका ४० भन्दा बढी प्यालेस्टाइनीहरूको शव खान युनिसको नासेर अस्पतालमा सारिएको थियो । जसमा १० बालबालिका छन् । मध्य गाजामा इजरायली हवाई आक्रमणमा करिव २० जनाको मृत्यु भएको बताइएको छ । उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणमा अन्य १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

त्यस्तै अर्का गाजा निवासीले गाजामा कुनै सुरक्षित स्थान नरहेको बताउनु भयो ।

आफूहरुले बम बिष्फोटको आवाज मात्रै सुनेको र विनाशपछि मानिसहरुकोशव मात्रै देखेको केही स्थानीहरुले बताएका छन् । सो क्षेत्रमा १० वटा घरहरु ध्वस्त भएको बताइएको छ ।

गाजा अक्टोबर ७ देखि ठूलो इजरायली घेराबन्दी र बमबारीमा छ । जसमा अहिलेसम्म १८ हजार ६ सय प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने ५० हजार ५९४ जना घाइते भएका छन् ।