२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघको युद्धविराम प्रश्ताव पारित गरेपछि पनि गाजामा आक्रमण जारी



अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रसंघको युद्धविराम प्रश्ताव पारित गरेपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ ।

प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार इजरायली हवाई हमलामा मारिएका ४० भन्दा बढी प्यालेस्टाइनीहरूको शव खान युनिसको नासेर अस्पतालमा सारिएको थियो । जसमा १० बालबालिका छन् । मध्य गाजामा इजरायली हवाई आक्रमणमा करिव २० जनाको मृत्यु भएको बताइएको छ । उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणमा अन्य १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

त्यस्तै अर्का गाजा निवासीले गाजामा कुनै सुरक्षित स्थान नरहेको बताउनु भयो ।

आफूहरुले बम बिष्फोटको आवाज मात्रै सुनेको र विनाशपछि मानिसहरुकोशव मात्रै देखेको केही स्थानीहरुले बताएका छन् । सो क्षेत्रमा १० वटा घरहरु ध्वस्त भएको बताइएको छ ।

गाजा अक्टोबर ७ देखि ठूलो इजरायली घेराबन्दी र बमबारीमा छ । जसमा अहिलेसम्म १८ हजार ६ सय प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने ५० हजार ५९४ जना घाइते भएका छन् ।