१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने



अ+ अ-

रुपन्देही । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ ।

बिहीवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधिन क्रिकेट रंगशाला फागुन एक गतेबाट प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो । सो रंगशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले निर्माण गरिरहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताउनु भयो । उहाँले मैदानमा सात वटा पिच रहेको र फागुन एक गतेबाट प्रतियोगिताका लागि योग्य हुने स्पष्ट पार्नुभयो ।

उहाँले रंगशाला निर्माणको समयसीमा सकिन ४ महिना बाँकी रहँदै निर्माण सम्पन्न भएको हो । रंगशाला वैशाखसम्ममा निर्माण गरिने लक्ष्य राखिएको थियो ।

उक्त रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरु निर्माणको काम माघ महिनाबाट शुरु गर्ने पनि निर्देशक कुँवरले बताउनु भयो । सबै रुमहरुको काम वैशाखसम्म सकिसक्ने बताउनु भयो । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइने बताउनु भयो । उहाँले आगामी दशैँ सम्ममा रंगशाको सम्पूर्ण काम पूरा हुने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्रिकेट रंगशाला बनाउने विश्वास आज अलिकति पूरा भएको छ । अहिलेसम्म हामीले ग्राउण्ड चाहीँ इन्टरनेशनल स्टाइलको, त्यहाँ हुनुपर्ने मापदण्डमा कुनै कमी कमजोरी नराखिकन ग्राउण्ड तयार भइसकेको छ, सात वटा पिच बनाइएको छ । फागुन एक गतेबाट टुर्नामेण्टको लागि हामी तयार छौँ । तपाईहरु टुर्नामेण्ट लिएर आउनुस् । मैदान तयार छ । अबको योजना पहिलो चरणमा मैदान बनाउने भनेका थियौँ । मैदान बनेको छ । वैशाखसम्म मैदान बनाउने घोषणा थियो तर ४ महिनाअघि नै तयार भएको छ । माघ १ गतेबाट पेभेलियन, ड्रेस चेन्जिङ रुमहरु बनाउन शुरु गर्नेछौँ । वैशाखसम्म हामी सबै बनाउने छौँ । ५ हजार क्षमताको सिट आगामी दशैँसँग र ५ हजार क्षमताको माटो र दुबो बिछ्याएर तयार गर्ने योजना छ । आगामी दशैँ सम्ममा ।’

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले मैदानमा धेरै भन्दा धेरै प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेर प्रतियोगिताहरु सञचालन गर्न आग्रह गर्नुभयो ।

उहााले भन्नुभयो, ‘एक महिनाअघि पत्र पठाउनु होला, प्रदेश खेलकुद परिषद्लाई एक महिनाको निर्धारित मितिमै प्रदेश स्तरीय खेलकुद गतिविधि गर्नेछौँ । यो वर्ष क्रिकेटको लागि विशेष पहल गरिरहेका छौँ । यसको लागि बजेट पनि पर्याप्त मात्रामा गरेका छौँ । समन्वयकारी निकाय क्यानसँग सहकार्य गरेर काम गर्नुहोस् ।’

क्रिकेट रंगशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म ५ करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ । नेपालमा क्रिकेटको लोकप्रियता बढीरहेको समयमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नु सुखद् पक्ष हो । यस किसिमको काम अन्य निजी क्षेत्रहरुले पनि अनुशरण गर्नुपर्ने आवश्यकता छ । साथै खेलकुदमा लगामी गर्ने निजी क्षेत्रहरुलाई सबैले प्रोत्साहन गर्नसके समग्र खेलकुदको विकासमा सहयोग पुग्नेमा दुई मत छैन ।