२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने

निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने
अ अ+ अ-

रुपन्देही । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ ।

बिहीवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधिन क्रिकेट रंगशाला फागुन एक गतेबाट प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो । सो रंगशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले निर्माण गरिरहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताउनु भयो । उहाँले मैदानमा सात वटा पिच रहेको र फागुन एक गतेबाट प्रतियोगिताका लागि योग्य हुने स्पष्ट पार्नुभयो ।

उहाँले रंगशाला निर्माणको समयसीमा सकिन ४ महिना बाँकी रहँदै निर्माण सम्पन्न भएको हो । रंगशाला वैशाखसम्ममा निर्माण गरिने लक्ष्य राखिएको थियो ।

उक्त रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरु निर्माणको काम माघ महिनाबाट शुरु गर्ने पनि निर्देशक कुँवरले बताउनु भयो । सबै रुमहरुको काम वैशाखसम्म सकिसक्ने बताउनु भयो । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइने बताउनु भयो । उहाँले आगामी दशैँ सम्ममा रंगशाको सम्पूर्ण काम पूरा हुने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्रिकेट रंगशाला बनाउने विश्वास आज अलिकति पूरा भएको छ । अहिलेसम्म हामीले ग्राउण्ड चाहीँ इन्टरनेशनल स्टाइलको, त्यहाँ हुनुपर्ने मापदण्डमा कुनै कमी कमजोरी नराखिकन ग्राउण्ड तयार भइसकेको छ, सात वटा पिच बनाइएको छ । फागुन एक गतेबाट टुर्नामेण्टको लागि हामी तयार छौँ । तपाईहरु टुर्नामेण्ट लिएर आउनुस् । मैदान तयार छ । अबको योजना पहिलो चरणमा मैदान बनाउने भनेका थियौँ । मैदान बनेको छ । वैशाखसम्म मैदान बनाउने घोषणा थियो तर ४ महिनाअघि नै तयार भएको छ । माघ १ गतेबाट पेभेलियन, ड्रेस चेन्जिङ रुमहरु बनाउन शुरु गर्नेछौँ । वैशाखसम्म हामी सबै बनाउने छौँ । ५ हजार क्षमताको सिट आगामी दशैँसँग र ५ हजार क्षमताको माटो र दुबो बिछ्याएर तयार गर्ने योजना छ । आगामी दशैँ सम्ममा ।’

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले मैदानमा धेरै भन्दा धेरै प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेर प्रतियोगिताहरु सञचालन गर्न आग्रह गर्नुभयो ।

उहााले भन्नुभयो, ‘एक महिनाअघि पत्र पठाउनु होला, प्रदेश खेलकुद परिषद्लाई एक महिनाको निर्धारित मितिमै प्रदेश स्तरीय खेलकुद गतिविधि गर्नेछौँ । यो वर्ष क्रिकेटको लागि विशेष पहल गरिरहेका छौँ । यसको लागि बजेट पनि पर्याप्त मात्रामा गरेका छौँ । समन्वयकारी निकाय क्यानसँग सहकार्य गरेर काम गर्नुहोस् ।’

क्रिकेट रंगशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म ५ करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ । नेपालमा क्रिकेटको लोकप्रियता बढीरहेको समयमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नु सुखद् पक्ष हो । यस किसिमको काम अन्य निजी क्षेत्रहरुले पनि अनुशरण गर्नुपर्ने आवश्यकता छ । साथै खेलकुदमा लगामी गर्ने निजी क्षेत्रहरुलाई सबैले प्रोत्साहन गर्नसके समग्र खेलकुदको विकासमा सहयोग पुग्नेमा दुई मत छैन ।