• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

बालकृष्ण खाँणको मुद्दामा बहस सकियो, केहीबेरमा आदेश आउँदै



file photo

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पुनरावेदनमाथिको सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा तोकिएको सुनुवाइको बहस भर्खरै सकिएको हो । अब केहिबेरमा खाँणलाई छाड्ने या थुनामै राख्नेबारे आदेश आउनेछ ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा सुनुवाई भएको हो ।

जनक पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । यता, प्रकाश खरेलले भने उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएका थिए ।

उच्च अदालत नियमावली तथा ऐनबमोजिम तेस्रो न्यायाधीश कोइरालाले पाण्डे र खरेलमध्ये कसको राय ठीक भन्ने आदेश जारी गर्नेछन् ।