२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

मुलुकभर होलीको रौनक कम: उपत्यकामा कडा सुरक्षा

मुलुकभर होलीको रौनक कम: उपत्यकामा कडा सुरक्षा
अ अ+ अ-

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खुशीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली) को रौनक कम देखिएको छ । 

गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको छैन । विभिन्न सङ्घ संस्थाका कर्मचारी एकापसमा रङ दलेर होली मनाएका पाइएको छ भने युवाले साना–साना समूह बनाएर आपसमा फागु दल्दै होली खेलेको पाइएको छ । 

काठमाडौँका उपत्यकाका विभिन्न क्षेत्रमा घुम्दा सामान्य रुपमा होली मनाइएको पाइए पनि होलीका ठूला समारोह भने देखिएको छैन । प्रहरीले त्यस्ता समारोह आयोजना गरिएका भए पनि ठुलो जमघट हुने गरी होली नखोल्न आग्रह गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार यसपाली कोभिड–१९ जोखिमका कारण अहिलेसम्म मुलुकभर नै रौनक कम देखिएको र शान्ति सुरक्षामा खलल हुने कुनै गतिविधि नभएको जानकारी प्राप्त भएको बताउनुभयो । “केही साना समूह देखिएका छन्, ठूलो भिडभाड हुन नदिन प्रहरीले निरुत्साहित गरिरहेको छ”, कुँवरले राससलाई भन्नुभयो, “विगतका वर्षमा भन्दा निक्कै कम देखिएको छ ।”

विभिन्न क्षेत्रका नागरिकले आ–आफ्नै परिवारका साथ घरभित्र होली खेलेर होली मनाइरहेका छन् । उनीहरुले घर परिवारले खेलेको होली सामाजिक सञ्जालबाट श्रव्यदृष्य र तस्वीरमार्फत सार्वजनिक गरिरहेका छन् । सामाजिक सचेतनामूलक सन्देशसमेत सर्वसाधारणबाट जारी भएका पाइन्छ ।

पश्चिम नेपाल घर भई काठमाडौँ बस्दै आउनुभएका पदमराज जोशीले आफ्नै घरपरिवारका साथ होली मनाएको बताउनुभयो । “कोभिड–१९ को जोखिम बढेको छ, समूहमा होली नखेल्न सरकारले अनुरोध गरेको छ, त्यसैले घर परिवारमै गीतसङ्गीतका साथ होली मनाएका हौँ”, जोशीले भन्नुभयो ।

यद्यपि काठमाडौँको सुन्धारा, रत्नपार्क, न्युरोड, वसन्तपुरलगायत खुला र सार्वजनिक क्षेत्रमा भने होली खेल्ने युवाको जमात अन्य क्षेत्रको तुलनामा केही बाक्लो देखिएको छ । दिन भड्किँदै जाँदा अझै जमात बढ्ने अनुमान गरिएको छ । 

सरकारले घर–घरमै बसेर स्वास्थ्यमापदण्ड अपनाइ होली खेल्न यसअघि नै अनुरोध गरिसकेको छ । लापरवाही गरे वा स्वास्थ्य मापदण्डको पालना नगरे सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनीबीच युवाले सडकमा निस्किएर होली मनाएका छन् । 

सडकमा निस्किएका उनीहरुमध्ये धेरैले मास्क प्रयोग गरेका थिएनन् भने सामाजिक दूरीसमेत कायम गरेको पाइएन । नाम नबताउने शर्तमा होली खेल्दै गरेका एक युवाले आफ्नै साथीसङ्गीबीच होली खेलिएकाले मास्क नलगाएको बताउनुभयो ।

आज मुलुकको पहाडी जिल्लामा होली मनाइँदै छ । सोमबार तराईका जिल्लामा होली मनाइन्छ । चितवनलगायत केही जिल्लामा भने दुबै दिन होली मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आउने होली आपसी मेलमिलाप र सद्भावनाको सन्देश आदानप्रदान गर्दै मनाइन्छ । यस दिवसमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई आजको दिन विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाइने परम्परा छ ।  

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई आगोले छुन नसकेको कथासँग होली पर्व जोडिन्छ । त्यसैले खुशीमा आपसी रङ दलेर होली मनाइने गरिन्छ । 

अर्को परम्पराअनुसार द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको घटनासँग पनि होली पर्व जोडिने गरेको छ । 

उपत्यकामा कडा सुरक्षा 

होलीको अवसरमा अवाञ्छित गतिविधि बढ्नसक्ने, लापरवाहीपूर्वक सवारी सञ्चालन हुनसक्ने र भिडभाड हुनसक्ने सम्भावित जोखिमलाई मध्यनगर गरी काठमाडौँ उपत्यकामा प्रहरीले कडा सुरक्षा अपनाएको छ । 

ठाउँठाउँमा प्रहरी परिचालन गरेरर ट्राफिक जाँचलाई तीव्रता दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । “आजको दिन बिहानैदेखि साँझसम्मै सवारी जाँचका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ, यातायातमा कुनै लापरवाही हुने वित्तिकै कारवाही हुन्छ”, भट्टराईले भन्नुभयो, “सामान्य लापरवाही गरेकालाई दिनभर सवारी होल्डमा राख्छौँ, कानून उल्लङ्घन गरेकालाई कारवाही गरिरहेका छौँ ।” 

महाशाखाको ट्राफिक परिचालन कक्षबाट अपरान्ह १ः०० बजेसम्मको विवरण अनुसार ३१२ दुई पाङ्ग्रे र १७ चारपाङग्रे सवारी साधनलाई सडकमै होल्ड गरेर राखिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने कूल १५२ सवारीका चालकलाई कारवाही गरिएको छ ।

मुख्यगरी मापसे गरेर सवारी चलाउने, कागजात नबोकी, सवारी चलाउने, दुर्घटना गराउनेसक्ने गरी सवारी चलाएका युवा, होलीको बहानामा लापरवाही गर्ने जस्ता सवारीसाधन कारवाहीमा परेका छन् । महाशाखाका प्रमुख भट्टराईका अनुसार आज उपत्यकाका ७६ ठाउँमा ९०० ट्राफिक प्रहरी परिचालन गरी सवारी जाँच भइरहेको छ ।