• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

कञ्चनपुरमा महेन्द्रको शालिक राख्ने विषय विवाद, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा



काठमाडौँ । कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ ।

बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरि भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) क बमोजिम जारी आदेशअनुसार यी क्षेत्रमा ७ दिनसम्म ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ ।

संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको शालिक स्थापना गर्ने तयारी थियो । तर, कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।