१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

देशभर शुक्रबार र शनिबार वर्षा र हिमपातको सम्भावना

देशभर शुक्रबार र शनिबार वर्षा र हिमपातको सम्भावना
अ अ+ अ-

काठमाडौं । नेपालको आकासमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसका कारण शनिबारसम्म मौसम प्रभावित हुने भएको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

यता काठमाडौंमा भने बिहीबार साँझदेखि नै अधिकांश ठाउँमा वर्षा र भएको छ । त्यसैगरी देशका अरु भागका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो।सो महाशाखाले काठमाडौं उपत्यकामा बिहीबार साँझदेखि मध्यमस्तरको वर्षा भएको जनाएको छ । देशका कतिपय स्थानमा हल्का वर्षा जारी नै रहेको छ । 

काठमाडौंमा आज बिहान पनि मध्यम वर्षा भएको छ। देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनरचटयाङ  सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जनरचटयाङरअसिना  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।उता गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

उक्त महाशाखाले जनाएअनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, असिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तै शनिबार प्रदेश नम्बर १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ।प्रदेश नम्बर १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत छ।

उक्त महाशाखाले शनिबार रातिसम्म देशभर आंशिक बदली भएर पानी पर्ने र त्यसपछि आइतबार बिहानसम्ममा मौसम सामान्यतया सफा रहनेछ। आज र भोलि शनिबार काठमाडौँको आकासमा घाम लाग्ने सम्भावना निकै न्यून रहेको बताइएको छ ।