११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

डुङ्गा संरक्षणमा जुटे रामेछापका माझी

डुङ्गा संरक्षणमा जुटे रामेछापका माझी
अ अ+ अ-

मन्थली । कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रुपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन् । सडक विस्तार तथा पुलहरु निर्माण भएसँगै माझी जातिको पहिचानका रुपमा रहेको डुङ्गा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेको हुन् ।

माझी समुदायको संस्कृतिसँग जोडिएको डुङ्गा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ स्थित सेलेघाटका माझी संरक्षणमा छुटेका छन् । “केही वर्षपहिलेसम्म विभिन्न घाट तथा नदी वारिपारि गर्ने ठाउँमा डुङ्गा देख्न सकिन्थ्यो । आजभोली कतै देखिदैन”, स्थानीय धनबहादुर माझीले भन्नुभयो ।

सुनकोसी र तामाकोसी नदीको सङ्गमस्थल त्रिवेणीमा धेरै डुङ्गा सञ्चालन हुने भएकाले उक्त ठाउँको नाम सेलेघाट रहन गएको उहाँले बताउनुभयो । झोलुङ्गे पुल, सडक, यातायातका साधनको पहुँच, स्थायी मोटरेवल पुललगायत पूर्वाधार निर्माण भएसँगै डुङ्गा विस्थापित हुँदै गएका धनबहादुरको भनाइ थियो ।

पहिले डुङ्गा खियाउने र माछा मार्ने पेसा माझी समुदायको जीविकोपार्जनसँग जोडिएका मुख्य पहिचान भएको स्थानीय शङ्कर माझीले बताउनुभयो । “राजा महेन्द्रको पालामा रामेछापमा पर्ने सुनकोसी र तामाकोसी नदी किनारका जमिन स्थानीय माझीलाई बिर्ता दिइएको थियो । सडक र पुल निर्माण हुनुअघि माझीहरुले मानिस र सामान वारिपारि गर्न ठेक्कामा काम गर्दथे”, उहाँले भन्नुभयो ।

आधुनिकता आएसँगै सिमान्तकृत जातिमा पार्ने माझी समुदायको पहिचान सङ्कटमा पर्दै गएपछि युवा पुस्ता आफ्नो संस्कृतिको संरक्षण र पहिचानका लागि जुटेका मानवीर माझीले बताउनुभयो । माझी जापतको संस्कृति र पहिचान संरक्षणका लागि लोप भइसकेको डुङ्गा पुन: सञ्चालनमा ल्याउन स्थानीय पालिका र सरोकारवालासँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो

जिल्लाको मन्थली, सेले, नवु, पुछि, हर्दिनीलगायत घाटमा केही वर्षअघिसम्म नियमित रुपमा डुङ्गा सञ्चालन हुने गरेकामा अधिकांश स्थानमा मोटरेवल पुल निर्माण भएसँगै डुङ्गा विस्थापित हुँदै गएका पुर्व शिक्षक एवं माझी समुदायका अगुमा सिरबहादुर माझीले बताउनुभयो । उहाँका अनुसार डुङ्गा संरक्षणका लागि सेलेघाटमा प्रत्येक वर्ष जिल्लामा माझीले संयुक्त रुपमा डुङ्गा दौड प्रतियोगिता आयोजना गर्दै आएका छन् । रासस