५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ किलो सुन प्रकरणमा विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ



फाईल फोटो ।
अ+ अ-

काठमाडौँ । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् ।

घटनाबारे छानबिन गर्न सुपरभाइजरलाई नियन्त्रणमा लिईएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए ।

मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याईएको १४ किलो सुनसहित गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले पक्रउ परेका थिए ।

चन्द्र घलेको बयानमा प्रहरीले सोहि दिन मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । चन्द्र घलेले यसअघि पनि सुन ल्याउने गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनलेले दुबईबाट सुन ल्याउँदा एक पटकमा ६० हजार पाउने गरेको बताईएको छ ।

दुबईबाट ल्याएको सुन आगमन कक्षको डस्टबिनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको छ । डस्टबिनमार्फत सुन बाहिर ल्याउन ‘सेटिङ’ मा संलग्न रहेको देखिएपछि छानबिनको लागि सरसफाइ सुपरभाइजरलाई पक्राउ गरिएको हो ।

घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।